• काठमाडौं । बडीमालिका मेलाबाट बेपत्ता भएका डोटीका सञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको दुई महीना हुन लाग्दासमेत उहाँको अवस्था अझै अज्ञात छ ।

    गएको भदौ ९ गते बाजुरास्थित बूढीनन्दा मेलाबाट घर फर्किने क्रममा बेपत्ता भएका खड्काको अवस्थाबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन् । उहाँकोे खोजीका लागि सरकारी निकायको लापर्वाही देखिएको तथा खोजी र छानविनका लागि गठन भएको मिसन टोलीको समेत उदासिनता देखिएको आरोप डोटीका सञ्चारकर्मीको छ ।

    नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्षसमेत रहनुभएका खड्काको खोजी कार्यमा ध्यान दिन विभिन्न निकायलाई आग्रह गरिएको युनियनका जिल्ला अध्यक्ष प्रकाश बमले बताउनुभयो । प्रेस युनियनमा आबद्ध सञ्चारकर्मी खड्काको खोजीका लागि युनियका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको नेतृत्वममा केही महीना अघि मिसन टोली बनाइएको थियो ।

    सो टोलीले धनगढी हुँदै घटनास्थल रहेको बाजुरा जिल्लासम्म जाने भने पनि त्यहाँ नपुगेको भन्दै डोटीका सञ्चारकर्मी निरास भएका हुन् । सरकारले ‘तेजु’ को खोजी कार्यमा खासै चासो नदेखाएको प्रेस युनियनको आरोप छ ।

    सञ्चारकर्मी खड्का बेपत्ता भएपछि नेपाली सेनाको हेलिकप्टर र सुरक्षा निकायको टोली पठाएर छानविनको प्रयास गरिएको थियो । टोलीले स्थलगत अध्ययन गरे पनि हालसम्म उहाँको अवस्था वारे ज्ञात हुन सकेको छैन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…