उर्लाबारी । मोरङको उर्लाबारी—८ दुर्गापुरीमा कुलझोडा युवा क्लबको आयोजनामा कात्तिक १२ गतेदेखी हुन गईरहेको प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिने सो प्रतियोगितामा चर्चित आठवटा टिमको सहभागिता रहने आयोजकले खेल तालिका सार्वजनिक गर्दै जानकारी दिएको छ । उद्घाटन खेलमा मेगा स्पोर्टिङ क्लव विराटनगर र मुनाल क्लव चन्द्रगढी भिड्नेछन् । फाईनल खेल कात्तिक १९ गते हुनेछ ।
प्रतियोगितामा विजेतालाई नगद दुई लाख तथा उपविजेतालाई एक लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सो प्रतियोगिता सञ्चालनका लागि कमल फ्याकको संयोजकत्वमा सात सदस्यीय खेल उपसमिति गठन गरिएको छ । जसको उपसंयोजकमा सानु तामाङ, सचिवमा भुपेन सेर्मा, कोषाध्यक्षमा दिनेश थापा मगर तथा सदस्यहरुमा मानबहादुर थापा, अमृत लिम्बु र मुकेश धिमाल रहनुभएको छ । यसैबिच खेलको प्रचार प्रसार तिब्र पारिएको खेल संयोजक कमल फ्याकले जानकारी दिनुभएको छ । दुर्गापुरी चौक र उर्लाबारीमा स्वागत गेट समेत राखिएको छ ।