• उर्लाबारी । मोरङको उर्लाबारी—८ दुर्गापुरीमा कुलझोडा युवा क्लबको आयोजनामा कात्तिक १२ गतेदेखी हुन गईरहेको प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
    उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिने सो प्रतियोगितामा चर्चित आठवटा टिमको सहभागिता रहने आयोजकले खेल तालिका सार्वजनिक गर्दै जानकारी दिएको छ । उद्घाटन खेलमा मेगा स्पोर्टिङ क्लव विराटनगर र मुनाल क्लव चन्द्रगढी भिड्नेछन् । फाईनल खेल कात्तिक १९ गते हुनेछ ।
    प्रतियोगितामा विजेतालाई नगद दुई लाख तथा उपविजेतालाई एक लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।



    सो प्रतियोगिता सञ्चालनका लागि कमल फ्याकको संयोजकत्वमा सात सदस्यीय खेल उपसमिति गठन गरिएको छ । जसको उपसंयोजकमा सानु तामाङ, सचिवमा भुपेन सेर्मा, कोषाध्यक्षमा दिनेश थापा मगर तथा सदस्यहरुमा मानबहादुर थापा, अमृत लिम्बु र मुकेश धिमाल रहनुभएको छ । यसैबिच खेलको प्रचार प्रसार तिब्र पारिएको खेल संयोजक कमल फ्याकले जानकारी दिनुभएको छ । दुर्गापुरी चौक र उर्लाबारीमा स्वागत गेट समेत राखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…