• दोहा, नोभेम्बर-९

    दोहा कतार सनैयाको अलेदियामा नेपालिहरुको महान चाड शुभ-दिपावलिको अबसरमा संयुक्त भाइटिका कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापती मिक्की लिम्बू र कार्यक्रम संयोजक गणेश भण्डारीले दिप प्रज्वलन गर्दै भाइटिका कार्यक्रम को उदघाटन गरेका थिए।

    समारोहमा उपस्थित दाजु-भाइहरुलाइ सयुक्त रुपमा कतारलाई रोजगारको क्षेत्र बनाइ कतारमा आफ्नो श्रम बेची रहनु भएका नेपाली चेलिहरु माया राई ,सन्जु राई , राममाया राई ले सप्तरंगि टिका सुख, शान्ती समृद्धि ,उमंग , उल्लास र दिर्घायुको कामना गर्दै निधारमा सप्तरंगि टीका ले सजाउदा उपस्थित सबैजना हर्षोल्लाका साथ मुहारमा चमक छाएको थियो ।
    उक्त कार्यक्रमका सभापती मिक्की लिम्बू र कार्यक्रम संयोजक गणेश भन्डारी ले उपस्थित सम्पुर्णको तर्फ बाट चेलिहरुलाइ टीका लगाइ दिएका हुन।

    उक्त कार्यक्रममा अतिथिहरु बैचारीक संगठन बाट प्रेम लामा , निर्भाणीक यात्री एकता समाजको अध्यक्ष पदम राई ,नबयुग नेपाल एग्रो प्राइभेट लिमिटेडका प्रतिनिधि सुभाष खडका , निर्माणीक यात्री एकता समाजका भजन संयोजक - प्रदिप राई ,निर्भाणीक यात्री एकता समाजका महासचिब- असारमान राई ,बुद्धिजीवी तथा ब्यबशायी -बद्री बानिया , बिजयराज शर्माको उपस्थिति रहेको थियो।

    बुद्धिजिबी तथा समाजसेवी -गंगा बिक , अतिथिहरु- दन्नु प्रसाद अर्याल , भुपाल खडका, श्याम लिम्बू हुनुहुन्थ्यो भने उक्त कार्यक्रम बिमल आचार्यले संचालन गर्नु भएको हो।

    सामुहिक रुपमा भाइ टिका ग्रहण गरीसके पछि उर्जाशिल युवा संस्था अर्थात Consulate Action-plan of Responsible Devlopment Society अर्थात छोटकरीमा " CARDS " Group को अबधाराणा , प्रस्ताबना र नीति तथा कार्य्रक्रम को योजना बारे सभापती मिक्की लिम्बुले स्पष्ट पार्नु भएको थियो भने कार्यक्रम संयोजक - गणेश भण्डारीले उक्त प्रस्ताबनामा सहमती जनाउनु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…