• इलाम, २७ कात्तिक । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध निर्वाचन क्षेत्र बनाउने वाचा आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    इलाम सन्दकपुर गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “चुनावमा जनतासँग गरेको वाचा आफ्नै कार्यकालमा पूरा गर्छु । ”

    इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट सांसदमा निर्वाचित भएका नेता खनालले प्रसिद्ध पर्यटकीयस्थल सन्दकपुरमा केवलकार पु¥याउने काम केही वर्षभित्रै पूरा गर्ने बताउनुभयो ।

    “माईमझुवाको बुधबारेबाट सन्दकपुरसम्म केवलकार मेरै कार्यकालमा पुग्छ”, उहाँले भन्नुभयो, “रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा अबको तीन वर्षभित्रमा पक्की सडक पु¥याउने जिम्मा आफ्नो छ ।”

    नेता खनालले आफ्नो निर्वाचन क्षेत्रमा बहुआयामिक अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने काम केही समयमै शुरु हुने जानकारी दिदैं बाखखोरदेखि नयाँबजारसम्म जाने सडकलाई स्तरोन्नति गरेर बाह्रैमास यातायात सञ्चालन गर्न सक्ने कार्यमा आफू लागिपरेको बताउनुभयो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…