• बिर्तामोड। वीरता जेसीजको आयोजनामा आज आइतबार इलामको रोङ गाउँपालिका–१ शान्तिपुरस्थित ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई छाता वितरण कार्यक्रम सम्पन्न भएको छ ।
    वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा विद्यालयका   विद्यार्थीलाई छाता वितरण गरिएको थियो । वीरता जेसीजका कार्यक्रम संयोजक अनन्तलाल महतोले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रधानाध्यापक चन्द्रकुमार प्रधानले विद्यार्थीका लागि अति आवश्यक छाता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।
    उक्त क्षेत्रमा अधिकांश दिनहरु पानी पर्ने र त्यही कारण विद्यार्थी विद्यालय नजाने समस्या भएका बेला जेसीजले प्रदान गरेको छाताले वर्षात तथा चर्को घामको समयमा पनि अब विद्यार्थीलाई विद्यालय जान सहज हुने प्रधानाध्यापक प्रधानको भनाइ थियो ।
    विपन्न आर्थिक अवस्थाका अभिभावकले छाता लगायतका सामग्री किनेर विद्यार्थीलाई विद्यालय पठाउन समस्या भइरहेका बेला जेसीजको सहयोगले राहत मिलेको विद्यालयका शिक्षक नन्दलाल कार्कीले बताए । कार्यक्रममा प्रकरण निर्देशक विशाल थापाले आस्था वाचन गरेका थिए भने महासचिव विनोद पाण्डे, कोषाध्यक्ष जीवनकुमार खड्का, सहकोषाध्यक्ष घनश्याम चौधरीले आगामी दिनमा पनि विद्यालयका लागि आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा शान्तिपुर एकता समाजका सदस्य शम्भु दाहाल लगायतले मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…