• नरेन्द्र रिमाल ÷पाँचथर मंसिर २४
    साहसिक जल यात्रा मार्फत पर्यटक भित्राउने उदेस्यले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं २ पिनासिघटबाट सुरु भएर पाँचथर र तेह्रथुम जिल्लाको सिमाना भएर बग्ने तमोर नदिमा संचालित ¥याफ्टिङमा रमाउनेको संख्या बड्दो रहेको छ । पाँचथर जिल्लामा पहिलोपटक गत मंसिर ७ गतेबाट तमोर भ्यालि गेस्ट हाउसका संचालक दिपेन्द्र तुम्बापोले ¥याफ्टिङ सुरु गरेका हुन् । तमोरभ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालि संस्था दर्ता गरि सम्भाव्यता अध्ययनको आधारमा उक्त पेसा सुरु गरेको प्रलिका प्रबन्ध निर्देशक दीपेन्द्र तुम्बापो बताउनुहुन्छ । तमोर नदीमा हुने जलयात्रा मुलुकभरका अन्य नदीमा भन्दा छोटो र रमाइलो हुने गरेको पर्यटकहरु बताउँछन् ।

    २ हजार २ सालमा सरकारले ¥याफ्टिङको अनुमति दिएपनि ब्यवसाईक हिसाबमा संचालन भएको थिएन । बिदेसि पर्यटक मात्र ताप्लेजुङको दोभान देखि सुनसरीको चतरासम्म रमाउँदै पुग्ने गरेका थिए । तर गर्दा हुँदो रहेछ भन्ने गतिलो उदारण बनेका छन् दिपेन्द्र तुम्पापो । ८ जना अट्ने क्षमताको २ वटा बोटमार्फत दैनिक १६ जना आन्तरिक तथा बिदेसि पर्यटकलाई गाईडरको सहयोगमा दिनको १ पटक सेवा दिँदै आइरहेका छन् ।

    ३ हजार रुपँया तिरेपछि पाँचथरको फिदिमबाट हिडेर ¥याफ्टिङको मजा दिलाउँदै पुन फिदिमसम्म ल्याउने गरेको बताउँछन् फिदिमका हेमन्त अधिकारि । अहिले ¥याफ्टिङमा रमाउन भारतको कोलकक्ता सिकिम सहित पाँचथर, ताप्लेजुङ ,तेह्रथुम लगायतका ठाउँबाट पर्यटक आउने गरेका छन् ।नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको देखिन्छ । नेपालमा ¥याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी तुम्बापो ताउँछन् ।

    ¥याफ्टिङ व्यवसायलाई व्यवस्थित गर्ने सरकारी नीतिको अभाव र व्यवसायभित्रको विकृतिले ¥याफ्टिङको सान्दर्भिकता र साख गिर्दै गएको जानकारहरु बताउँछन् । नेसनल जियोग्राफीका अनुसार विश्वका उत्कृष्ट १० जलयात्रामा नेपाल १०औँ स्थानमा पर्छ । स्रोत र साधनका हिसाबले नेपाल दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य हो ।

    प्राकृतिक नदीहरुको रमणीय बहाव र आकर्षक छालसहितको लामो गन्तव्यले जल पर्यटनको आकर्षण बढाएको हो । एडेभन्चर रिभर ट्रेल्ससँगको सहकार्यमा तुम्बापोले ¥याफ्टिङ संचालनमा ल्याएका हुन् । बर्षेनी मङ्सिरदेखि सुरु भएर वैशाख महिनासम्म सञ्चालन हुने जलयात्राले जिल्लाको पर्यटन बिकाससंगै आर्थिक बिकाशमा टेवा पुग्नेछ । पाँचथर र तेह्रथुम जिल्ला को सिमाना हँुदै बग्ने तमोर नदी जलयात्राका लागि प्रचुर मात्रामा सम्भावना बोकेकाले यसलाई राम्रोसँग उपयोग गर्न सकिएको खण्डमा विदेशी मुद्रा आर्जन गर्न सकिने पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपक नेपालले बताउनुभउको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…