• काठमाडौँ, २७ मङ्सिर
    नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

    ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवद्र्धनबारे आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटकीय दृष्टिले दुवै देश महत्वपूर्ण भएकाले कार्यक्रम बनाएर प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । राजदूत परेराले पर्यटक तान्न दुई मुलुकबीच सिधा हवाई सम्पर्क विस्तार गरी प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याउनुभयो । सांस्कृतिक र धार्मिक रुपमा दुई देशबीच नजिकको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै पारस्परिक हित र लाभका विषयमा भावनात्मक सहकार्य अभिवृद्धिमा सक्रिय हुनुपर्ने राजदूत परेराको भनाइ थियो ।

    पर्यटन प्रवद्र्धन गर्न एकअर्का देशबीचका ‘टूर अपरेटर’ को सम्मेलन गराई प्रचारप्रसार गरिएको खण्डमा पर्यटक आवागमन वृद्धि हुने उहाँको विश्वास छ । नेपाल र श्रीलङ्काबीच सन् १९२० देखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो । करीब ७४ बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट वर्षेनी भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक ५० हजारको हाराहारीमा श्रीलङ्काका पर्यटक आउँछन् ।

    श्रीलङ्काको पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१६ मा ५७ हजार ५२७ र सन् २०१७ मा ४५ हजार ३७१ पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले कमी हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालबाट सन् २०१६ मा १२ हजार ८३८ र सन् २०१७ मा ५९ प्रतिशतले घटेर जम्मा पाँच हजार १४४ पर्यटक श्रीलङ्का पुगेका छन् ।

    टानका अध्यक्ष नवराज दाहालले नेपाल र श्रीलङ्काबीचको लामो कूटनीतिक सम्बन्धलाई पर्यटनको माध्यमबाट आपसी लाभ लिन सकिने उल्लेख गर्नुभयो । उहाँले दुई देशबीचको पर्यटकीय सम्भावनालाई उजागर गर्दै प्रवद्र्धनका कार्यक्रमलाई हातेमालोसाथ अघि बढ्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

    छलफलमा सहभागी पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, पर्यटन व्यवसायी मोहन लम्साललगायतले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धन गर्न साझा कार्यक्रम बनाएर जानुपर्ने सुझाउनुभएको थियो । दुई देशबीचको प्रवद्र्धनात्मक कार्यक्रमले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष अभियानलाई सार्थक तुल्याउन महत्वपूर्ण सहयोग पुग्ने उहाँहरुको भनाइ थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…