बिष्णु धिताल
पछिल्लो समय नेपालमा युट्युव  ब्यवसाय फस्टाएको छ,सँगै युट्युव ले नै धेरै लाई नयाँ जिन्दगि दिएको छ, संसार भरका नेपालीलाई जोड्ने पुल बनेको छ l
समाज परिवर्तनका लागि उदाहरणीय कार्यमा सञ्चार जगतको अत्यन्तै ठुलो भूमिका रहन्छ,र युट्युव व्यवसाय सँगै सामाजिक कार्य गर्नेहरुले त्यो प्रमाणित पनि गरेका छन,यो अत्यन्तै सराहनीय पाटो हो l
तर केहि YouTube ब्यवासायी हरुबाट यो समाज अत्यन्तै पिडित छ l त्यस्ता च्यानलले कसैलाई मर्नुन बाच्नु बनाएको छ,आफ्ना भिउवर बढाउने नाममा अनेकौ किसिमका शिर्षक राखेर, समाजलाई अपाच्य हुने भिडियो राखेर,डलर कमाउ धन्दामा लागेका युटुबरहरुले समाज लाई दिन दिनै दुर्गन्धित बनाई रहेका छन् l जसले गर्दा पछिल्लो समय युट्युव प्रतिको विश्वास टुट्दै गएको छ l जस्ले गर्दा राम्रो काम गर्ने युटुबर हरुपनि मारमा परेका छन् l
नेपालमा भएका धेरै युवा युवतीकालाई यो एउटा रोजगारी भए पनि सरकारले यसमाथि निगरानी नराख्दा यस्ले बिकृति भित्राउदै गएको छ l यदि सरकारले निगरानीमा राखेर व्यवस्थित गर्ने हो भने यो एउटा रोजगारीकै रुपमा पनि लिन सकिन्छ तर सरकार वा सम्वन्धित निकाय बाट यो भएको देखिदैन l यस्का निश्चित मापदण्ड,दायरा केहो के गर्न हुने के नहुने भन्ने कुराको स्पष्टता नहुँदा र युटुबर स्वयं चेतनशील नभैदिदा यो व्यवसाय विकृति तर्फ उन्मुख छ l
 
यस्को पछिल्लो उदाहरण स्वरुप जनवरी २१ मा हाम्रो खबर नामक युटुब च्यानलले साली नदीमा नुहाई रहेका आमा दिदीबहिनीहरुको भिडियो गोप्य रुपमा खिचेर अनुहार स्पष्ट देखिने गरि आफ्नु च्यानलमा राखेको छ,अहिले सम्ममा दशलाख भन्दा बढीले हेरेको त्यो भिडियोका अधिकांश कम्मेटमा त्यो भिडियो हटाउन अनुरोध गरिएका छन् तर हटाईएको छैन यस्ले के प्रष्ट पार्छ भने जसरि होस् डलर भित्रिनु पर्यो बाँकी कुरा मतलब छैन (यो प्रतिनिधि उदाहरण मात्र हो ) यस्ता कयौँ च्यानलले अपलोड गरेका छन् l
यो बिषयमा सरकार,महिला अधिकारकर्मी र सम्वन्धित सबैको ध्यान जाओस् साथै हामि युटूब हेर्नेहरुले पनि यस्ता च्यानललाई सिधा रिपोर्ट गरेर बन्द गराउन सहयोग गर्ने हो भने यस्ता हर्कत गर्न छाड्ने छन l
अत्यमा युटुब व्यवसाय गरेर सामाजिक कार्य गर्दै समाज परिवर्तनमा टेवा पुर्याउने सम्पूर्ण युट्युव व्यवसायी साथि हरुलाई उच्च सम्मान गर्दै धन्यवाद दिन चाहन्छु l_
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        