• माघ १४,पथरी
    मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ६ मा रहेको दुर्गा आधारभूत विद्यालयका १६० विध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
    दोहलुमा रहेको सो विद्यालयमा अध्ययन गर्ने विध्यार्थीहरुलाई ३५ हजार मुल्य वरावरको शैक्षिक सामग्री वितरण गरिएको हो । आइतबार पहिलो पाइला नेपाल विराटनगरको सहयोगमा तथा आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।


    विद्यालयका ३० जना आर्थिक अवस्था कम्जोर भएका, जेहेन्दार विद्यार्थीलाई झोला सहित कापी, कलम लगाएतका शैक्षिक सामग्री वितरण गरिएको हो । अन्य १३० जनालाई शैक्षिक सामग्री मात्रै वितरण गरिएको छ ।
    जन्मदिनको अवसर पारेर हाल जर्मनीमा बसिरहेका अर्चना देवान, रविन राई र छोरी आसिगा राईको ३५ हजार मूल्य बराबरको सहयोगमा सो छात्रवृति प्रदान गरिएको पहिलो पाइला विराटनगर शाखाका अध्यक्ष सुवास गौतमले बताए ।
    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष जय बहादुर राईले आफ्नो वडामा आएर शैक्षिक उननयनका लागि काम गरेको सहयोगी सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…