• उर्लाबारी । मोरङको दोस्रो ठुलो नगरको रुपमा चिनिएको उर्लाबारी चौकमा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको अशोभनीय व्यवहारले स्थानीयले हैरानी बेहोर्नु परेको छ ।
    सन्तुलन गुमाएका त्यस्ता मानिसहरु निकै फोहोरी, निर्वस्त्र तथा विभिन्न रोगहरु ल्याउने गरेको व्यापारीहरुको भनाई छ ।
    यस्ता व्यक्तिहरुले पसल अगाडी दिसापिसाब गर्ने, सडकमै नाङ्गो शरीर प्रदर्शन गर्ने र बाटो हिड्नेलाई झम्टिने लगायतका हर्कतले समस्या बढेको स्थानीयको गुनासो छ । स्थानीय ब्यापारी लिलाराज प्रधानका अनुसार अन्यत्रबाट आएका उनीहरुले गर्ने दुर्घन्धले चोक बजारमा हिडिनसक्नु अवस्था छ । प्रधानले भने,‘बोलिचालि समेत नगर्ने मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको व्यवस्थापन गर्न सम्बन्धित निकायले तदारुकता देखाउन आवश्यक छ । ’
    उनका अनुसार मानसिक सन्तुलन गुमाएका व्यक्तिका कारण व्यापार व्यवसायमा समेत असहज अबस्था आएको छ ।

    विशेष गरी उर्लाबारीको मुख्यचोक क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरु यिनीहरुको हर्कतका कारण आजित बनेका हुन् ।

    मानसिक सन्तुलन गुमाएका मानिसहरुले बजार क्षेत्रमा सर्वाङ्ग अवस्थामा चोक क्षेत्रमा हिड्न थालेपछि व्यापारी तथा स्थानीय लाजमर्दो बन्नुपरेको छ । यस्ता हर्कतका कारण उर्लाबारीमा आउने आगन्तुकहरुले समस्या हुने गरेको छ ।

    उर्लाबारी चोकस्थित पाथिभरा इलेक्ट्रोनिक्सका सन्चालक मनोरथ भण्डारीले भने– ‘यसको प्रत्यक्ष मर्कामा हामी व्यवसायी परेका छौं । पसल अगाडि आएर शौच गरिदिने, निर्वस्त्र हिंडी दिनाले समस्या निम्तिएको छ ।

    यस्ता मानिसक सन्तुलन गुमाउने मानिसहरुका कारणले गर्दा चोकमा क्षेत्रमा विशेषगरी महिलाहरु असुरक्षित बन्ने गरेका छन् । विशेष गरी महिलाहरुलाई अभद्र व्यवहार देखाउने, उनीहरुको पछि–पछि लाग्ने, एकहोरो हेर्ने जस्ता अनैतिक क्रियाकलापहरु गर्ने गरेका छन् ।
    यस्ता मानसिक सन्तुलन गुमाएका मानिसहरु उर्लाबारी चोक क्षेत्रमा जथाभावी हिड्दा दुर्घटनाको जोखिम उतिकै बढेको छ । मुख्य राजमार्गको बीच बाटोमा हिड्ने, दौडिने तथा सुतिदिने जस्ता कार्यहरु हुन थालेपछि दुर्घटनाको जोखिम बढेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…