• काठमाडौं । सिन्धुली जिल्ला प्रहरीका प्रमूख अर्थात एसपी रामेश्वर प्रसाद यादवले सुनकोसी किनारमा रहेका नौ वटा क्रसर उद्योगबाट महिनाको लाखौं रुपैयाँ असुल्छन् ।

    सिन्धुलीका एसपी यादवले क्रसरदेखि गाँजासम्म असुली धन्दा मच्चाएका हुन् । मोटो रकमको चलखेल भएपछि पुन क्रसरहरु सञ्चालनमा ल्याएको स्थानीयहरुको आरोप छ ।

    सात गाउँपालिकामै क्रसर उद्योग सञ्चालनमा आएका छन् । तिनै क्रसरबाट उनले सम्पती जाहो गरेकाछन् । सुनकोसी र मरिन गाउँपालिकामा बन्द भएका उद्योगलाई पनि प्रहरीकै मिलेमतोमा सञ्चालनमा आएका हुन् । त्यस्तै फिक्कल गाउँपालिकामा पनि ६ वटा उद्योगहरू सञ्चालनमा छन् ।

    ती सबै उद्योगहरूले जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमूखलाई नजरना बुझाउने गरेका छन् । त्यस्तै एसपी यादवले जिल्लामा उद्योग वाणिज्य संघमार्फत हुने विभिन्न महोत्सवहरूमा पैसा असुल्ने गरेका छन् । जिल्लाका रहेका अन्य उद्योगले भने बालुवा प्रशोधनका नाममा दर्ता गरेर क्रसर उद्योग सञ्चालन गरिरहेका छन् ।

    प्रहरीले नसुन्दा व्यावसायीको दादागिरी झन चर्किएको छ । सुनकोसीबाट ढुंगा, गिट्टी बालुवा निकाल्ने बाहनामा चरम दोहन चर्किएको हो । त्यसो त उनी पैसा भने पछि उल्टोलाई सुल्टो सुल्टोलाई उल्टो गरिदिन्छु भन्दै रकम असुल्ने पुरानो बानी हो ।

    अहिले उनी क्रसर व्यावसायीहरूसँग माथि पनि बुझाउनु पर्छ भन्दै असुली गर्न व्यस्त छन् । सरकारले यसअघि २०७० सालमा नदी क्षेत्र नजिकका क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्ड बनाएको थियो ।

    गत जेठमा बन्द भएका सिन्धुलीको सुनकोसी किनारामा सञ्चालित अवैध क्रसरहरू पुन सञ्चालनमा ल्याउन एसपी यादबले प्रत्येक क्रसरबाट महिना वारी रकम उठाउने सहमती भएको खबर छ । भने जस्तो रकम पाए क्रसरका धन्दामा आँखा चिम्लिएको स्रोतको दाबी छ ।

    सुनकोसी नदी अत्यधिक दोहन हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले क्रसरलाई छानबिन गर्न भन्दै कागजपत्र समेत मगाएर बन्द गरेको थियो । नदीको एक किलोमिटरभित्र खोलिएका क्रसर कानुन बमोजिम अबैध ठहर हुन्छन् ।

    तर सुनकोसी गाउँपालिका अन्र्तगत रहेका व्यवसायीहरूले धमाधम क्रसर उद्योग सञ्चालन गर्दै उक्त उद्योगका लागि बालुवा ढुंगा जथाभावी उत्खनन् गरी दोहन गर्न थालेपछि केही स्थानीयले पटक–पटक विरोध गर्दै अख्तियार कार्यालयमा समेत छानविनका लागि उजुरी दर्ता गराएका थिए ।

    नदीमा जथाभावी ठूला खाल्डा पार्ने तथा नदीको धारनै परिवर्तन हुने गरी जथाभावी उत्खनन् गर्दा नदीको सुन्दरता खुम्चदै गएको छ । सुनकोसीमा सिन्धुली र रामेछापका व्यवसायीहरूले मनपरी ढंगबाट जथाभावी डोजर चलाई उत्खनन् गर्ने गरेका छन् । त्यसमा प्रहरी सधै मुख टाल्ने गरिएको व्यावसायीहरूले जनाएका छन् ।

    स्थानीय तहको निर्वाचन भइ जनप्रतिनिधि आएको एक वर्षमै सुनकोसी तहस नहस भएको स्थानीय बताउँछन् । यही रफ्तारमा उत्खनन् भइरहेमा आगामी केही वर्षमै सुनकोसीको पानी समेत सुक्न सक्ने स्थायनीयहरू बताउँछन् ।

    गृहमन्त्रालयको दबाबमा जिल्ला प्रहरी कार्यालय प्रमूख भएर गएका यादवका पछिल्ला गतिविधिमात्र विगत पनि डर लाग्दोरुपमा बढेको छ । उनको शंकास्पद गतिबिधिका बारेमा उजुरी छानवीन शाखामा जाहेरी परेको छ । यादवलाई गाँजा तस्करीलाई नियन्त्रण गर्न नसकेको तपस्वी रामबहादुर बमजनको आश्रममा अनुसन्धान गर्न नसकेको जस्ता विषयलाई लिएर सिन्धुलीका बुद्धिजीवीहरूले प्रहरी प्रधान कार्यालयमा उजुरी गरेपछि उनीमाथि निगरानी बढेको थियो ।

    मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरूले नदीजन्य पदार्थको अवैध निकासी तथा उत्खनन् बढाए पनि यसको नियन्त्रणका लागि सरकारले ती व्यवसायी माथि कानुनी कारबाही गर्न सकेको छैन भने पैसा असुल्ने प्रहरीलाई पनि कारवाहीको दायरामा ल्याउन सकेको छैन ।

    वन तथा वातावरण मन्त्रालयले ढुङ्गा, गिटी, बालुवाको जथाभावी निकासीमा कडाइ गर्न सम्बन्धित निकायलाई पटक–पटक निर्देशन दिए पनि नदीजन्य पदार्थको अवैध निकासी र उत्खनन् रोक्न निर्देशिका र कार्यविधि जारी गर्न नसक्दा ढुङ्गा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको अवैद्य उत्खनन् गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसकेको हो ।

    जथाभावी उत्खनन् र नदीछेउमा खुलेका क्रसर उद्योगले जैवीक विविधतामा असर पु¥याएको, प्राकृतिक स्रोत साधनको दोहन गरेको, नदीजन्य पदार्थको उत्खनन्ले खोलाको गहिराइ बढाएको पाए पछि सरकारले २०७० सालमा नदीबाट क्रसर उद्योग रहने सीमाक्षेत्र तोकेको थियो ।

    विपी राजमार्गको छेउछाउ भएर बग्ने सुनकोसी नदीमा मापदण्डविपरीत क्रसरले दैनिक व्यापक मात्रामा उत्खनन् गर्दा बीचका भागमा ठूला खाल्डा भइसकेका छन् । नदी क्षेत्रबाट ढुंगा, गिट्टी बालुवा, उत्खनन् गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान रहेको भए पनि पालना नभएको स्थानीय बताउँछन् । एसपी यादवका गतिविधिहरू शंकास्पद रहेपछि प्रहरी प्रधान कार्यालयले निगरानीमा राखेको थियो । जिल्ला प्रहरी कार्यालय सम्हालेको ७ महिनामै उनी निगरानीमा परेका थिए ।

    गाँजाको विषयमा सिन्धुलीका एसपीमाथि छानविन गरिने

    गाँजाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी यादवमाथि छानविन गर्ने तयारी भइरहेको छ ।

    सिन्धुलीमा गाँजा उत्पादन बढेको र समयमै नष्ट नगरेको भन्दै उनीमाथि प्रहरी मुख्यालयले छानविन गर्ने भएको हो । त्यसका लागि उनी बयान दिन आज प्रहरी हेडक्वाटर हाजिर हुदैँछन् ।

    सुरुमा निर्वाध गाँजा उत्पादन भइरहे पनि एसपी यादवले उपल्लो निर्देशनपछि मात्रै गाँजा फडानी गरेको प्रसंग एक बैठकमा उठेको थियो ।

    यादवले आफ्नै सक्रियतामा गाँजा फडानी नगरी निर्देशन कुरेर बस्दा मिलेमतो हुनसक्ने भएकाले उनीमाथि छानविन गर्नुपर्ने आवाज बैठकमा उठेको एक प्रहरी उच्च अधिकृतले बताए । उनले भने, ‘जिल्लामा के भइरहेको छ त्यसबारे ईन्चार्ज जानकार हुनुपर्छ तर यादवको सुपरिवेक्षण अभाव देखिएकाले उनीमाथि छानविन हुनुपर्ने विषय उठेका हो ।’

    गाँजा उत्पादनमा यादवको मिलेमतो देखिए उनलाई कारबाही गर्न आफु नचुक्ने भनाइ खनालको छ । माथिल्लो निर्देशनपछि अहिले सिन्धुली प्रहरीले ३७ बिघा जमिनमा लगाइएको गाँजा नष्ट गरिसकेको छ । एसपी यादव आफैं गाँजा फडानीमा खटिँदै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…