• रतुवामाई ÷ माघ १६

    आरम्भ नाट्य डबली कला साहित्यिक मञ्च रतुवामाईले शहीद दिवसको अवसरमा माघ १६ गते उर्लावारी र रतुवामाई नपामा रहेका मावि स्तरीय विद्यालयबीच शहीदहरुको योगदान र हाम्रो दायित्व शिर्षकमा वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।
    रतुवामाई नपा–१० सोमबारे बजारमा आयोजित वक्तृत्वकला कार्यक्रममा नेवुला ईग्लिस सेकेण्डरी वोडिङ्ग स्कूल उर्लावारीकी आकृति ढुङ्गाना,सुनवर्षी माध्यमिक विद्यायल रतुवामाई नपा–१० का रिजन चौलागाई र महेन्द्र माध्यमिक विद्यालय रतुवामाई –१० का सुजन विष्ट क्रमश पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले नगद पाँच सयसहित ट्रफी र प्रमाणपत्र पाए । १६ विद्यालयका विद्यार्थी बीच भएको वक्तृत्वकलामा नेवुला स्कूलका नविन ढुङ्गाना सान्त्वना घोषित भए ।



    वक्वतृत्वकलाको निर्णायक मण्डलीमा जनता मावि रतुवामाईका शिक्षक सुवास रेग्मी , श्री मावि झुर्किया शिक्षक दिलबहादुर परियार र आरम्भ नाट्य डबलीका उपाध्यक्ष समिन बराल रहेका थिए ।
    सो अवसरमा नाट्य डबलीले शहीदहरु प्रति सम्मान गर्दै बलिदान शिर्षकको नाटक मञ्चन गरेको थियो । नाटकमा उत्कृष्ट अभिनय गरेको र आगामी दिन अझ प्रगति गर्न हौसला प्रदान गर्दै कलाकार निशा खड्कालाई संस्थाका संस्थापक अध्यक्ष प्रेम भण्डारीले पाँच हजार रुपैयाँ पुरस्कार दिएको डबलीका संस्था संयोजक महेन्द्र रेग्मीले बताए ।


    बलिदान शिर्षकको नाटक संस्थापक अध्यक्ष प्रेम भण्डारीले लेखेका हुन् ।
    कार्यक्रममा रतुवामाई नपाका मेयर रविन राई,उपमेयर दमयन्ता चुडाँल, वडा–९ का वडाध्यक्ष इन्द्र चोङवाङ,८ का टंक ढकाल र १० का गोपी चापागाईलगायत सहभागी थिए ।
    नाट्य डबलीले नगरभित्र विभिन्न क्षेत्रमा ट्राफिक सचेतना,सरसफाई कार्यक्रम लगायत गर्दै आएको डबलीका अध्यक्ष समिर सुवेदीले बताए । कार्यक्रममा तीन सय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…