• दमक - प्रधानमन्त्री केपी शर्मा ओलीले देशले चालेको समृद्धिको पाइला एक कदम अघि बढेको बताएका छन् । बिहीबार झापाको मेची पुल उद्घाटन गर्दै उनले पुल निर्माणसँगै भारतमात्र नभई बंगलादेशसँग पनि नेपालले व्यापारिक कारोबार गर्न मद्दत पु-याउने बताए ।

    भारतको बंगाल, बिहार राज्यसँग जोडिने सो पुल पटक पटक शिलान्यास भए पनि बन्न सकेको थिएन् । अन्तिम पटक तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए ।
    ७ दशकपछि भद्रपुरमा ५६० मिटर लामो मेची पुल निर्माण भएको हो । शिलान्यास गरेको ९ वर्षपछि मात्र पुल निर्माण सकिएको छ । सो पुलबाट १३ किलोमिटर दुरीमा बंगालदेश पुग्न सकिन्छ । पुल निर्माणका लागि ३७ करोड ३६ लाख ८५ हजार ५६३ रुपैयाँ लागत रहेको छ ।

    एक वर्षमा आफूले गरेका कामले विश्व आश्चर्यचकित भएको उनले दाबी गरेका छन् । आफूले एक वर्षमा गरेको काम असाधारण भएको दाबी गरेका प्रधानमन्त्री अ‍ोलीले ती कामको विवरण विश्व मञ्चसम्म पु¥याएको जिकिर गरे ।

    https://www.youtube.com/watch?v=wUracZ8bVsg

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…