दमक । ब्रिटिस तथा भारतीय आर्मी, सिंगापुर पुलिसमा करिअर बनाउन चाहने युवाहरुका निम्ती लक्षित गरी भोलिबाट दमकमा गुर्खा कम्बाट अल्टिमेट फिटनेश सेन्टर सन्चालनमा आउने भएको छ । अनिबार्य जस्तै मानिने प्रि आर्मी ट्रेनिङका लागि भब्य र सुविधायुक्त हल सहित सो सेन्टर सन्चालनमा आउने भएको हो । दमक ९ रहेको हलमा भोलिबाट अभ्यास प्रशिक्षण सुरु हुनेछ ।
पूर्वाञ्चलमा प्रभावकारी एकाडेमीहरु नभएको गुनासो आईरहेको बेला यो फिटनेश सेन्टरले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास लिईएको छ ।
आर्मीप्रहरीमा भविष्य देखेका युवाहरुलाई आवश्यक शिक्षा र शारीरिक अभ्यास गराउन १ करोड ७० लाख लागतमा भवन निर्माण गरिएको सन्चालक राष्ट्र राईले बताउनुभयो । अझै लगानी बढ्ने उहाँको भनाई छ ।
नेपाली युवामाझ आकर्षक बन्दै गएको ब्रिटिस आर्मी, सिंगापुर पुलिस र भारतीय आर्मीमा भर्ती हुन चाहने युवाका लागि पूर्व तयारी कक्षा लिन अब भरपर्दाे गन्तव्य हुने सन्चालक राईको भनाई छ । आफ्नै ठाउँमा केहि गर्ने उदेश्य अनुरुप दमकमै सन्चालनमा ल्याएको राई बताउनुहुन्छ ।
अभ्यासका लागि आवासीय सुविधासहित अझ बृहत रुपमा सन्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भईरहेको छ । राष्ट्रका अनुसार दमकमा सुविधायुक्त फिटनेश सेन्टर स्थापनासँगै ताप्लेजुङ, पाँचथर, इलाम, झापा र मोरङ लगायत जिल्लाका इच्छुक प्रशिक्षार्थीलाई सहज हुनेछ ।
एकाडेमीले क्रमशः आर्मी प्रि ट्रेनिङका अतिरिक्त सेक्युरिटी सर्भिस, मार्सल आर्ट लगायतका तालिम पनि सञ्चालन गर्ने बताइएको छ । न्यूनतम एसईई तहको परीक्षामा उत्तिर्ण र १७ वर्ष ५ महिना उमेर पुगी २१ वर्ष उमेरभित्रका युवाले बिट्रस आर्मी, सिंगापुर पुलिस र भारतीय आर्मीमा आवेदन गर्न सक्छन् ।
https://www.youtube.com/watch?v=Qe_SJfnsBCo