• दमक । ब्रिटिस तथा भारतीय आर्मी, सिंगापुर पुलिसमा करिअर बनाउन चाहने युवाहरुका निम्ती लक्षित गरी भोलिबाट दमकमा गुर्खा कम्बाट अल्टिमेट फिटनेश सेन्टर सन्चालनमा आउने भएको छ । अनिबार्य जस्तै मानिने प्रि आर्मी ट्रेनिङका लागि भब्य र सुविधायुक्त हल सहित सो सेन्टर सन्चालनमा आउने भएको हो । दमक ९ रहेको हलमा भोलिबाट अभ्यास प्रशिक्षण सुरु हुनेछ ।
    पूर्वाञ्चलमा प्रभावकारी एकाडेमीहरु नभएको गुनासो आईरहेको बेला यो फिटनेश सेन्टरले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास लिईएको छ ।
    आर्मीप्रहरीमा भविष्य देखेका युवाहरुलाई आवश्यक शिक्षा र शारीरिक अभ्यास गराउन १ करोड ७० लाख लागतमा भवन निर्माण गरिएको सन्चालक राष्ट्र राईले बताउनुभयो । अझै लगानी बढ्ने उहाँको भनाई छ ।
    नेपाली युवामाझ आकर्षक बन्दै गएको ब्रिटिस आर्मी, सिंगापुर पुलिस र भारतीय आर्मीमा भर्ती हुन चाहने युवाका लागि पूर्व तयारी कक्षा लिन अब भरपर्दाे गन्तव्य हुने सन्चालक राईको भनाई छ । आफ्नै ठाउँमा केहि गर्ने उदेश्य अनुरुप दमकमै सन्चालनमा ल्याएको राई बताउनुहुन्छ ।
    अभ्यासका लागि आवासीय सुविधासहित अझ बृहत रुपमा सन्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भईरहेको छ । राष्ट्रका अनुसार दमकमा सुविधायुक्त फिटनेश सेन्टर स्थापनासँगै ताप्लेजुङ, पाँचथर, इलाम, झापा र मोरङ लगायत जिल्लाका इच्छुक प्रशिक्षार्थीलाई सहज हुनेछ ।
    एकाडेमीले क्रमशः आर्मी प्रि ट्रेनिङका अतिरिक्त सेक्युरिटी सर्भिस, मार्सल आर्ट लगायतका तालिम पनि सञ्चालन गर्ने बताइएको छ । न्यूनतम एसईई तहको परीक्षामा उत्तिर्ण र १७ वर्ष ५ महिना उमेर पुगी २१ वर्ष उमेरभित्रका युवाले बिट्रस आर्मी, सिंगापुर पुलिस र भारतीय आर्मीमा आवेदन गर्न सक्छन् ।

    https://www.youtube.com/watch?v=Qe_SJfnsBCo

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…