• काठमाडौं, चैत्र १ ।

    शुक्रवार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन्- ‘जानी नजानी’, ‘द म्यान फ्रम काठमाडौं’ र ‘पुरानो बुलेट’ ।

    बसन्त अधिकारीको ‘जानी नजानी’ डेब्यू निर्देशित चलचित्र हो । चलचित्रको प्रस्तुतकर्ता हुन् रोशनी केसी । मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीलगायतको यसमा अभिनय रहेको छ ‘जानी नजानी’मा ।

    ‘द म्यान फ्रम काठमाडौं’लाई पेमा धोन्डुपले निर्देशन गरेका छन् । नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको छ यो चलचित्र । विग बजेटमा निर्माण गरिएको भनिएको यो चलचित्रमा नोपलीसँगै हलिउड र बलिउडका कलाकार पनि समेटिएको छ ।

    कर्मा शाक्य, आना शर्मा, बलिउड अभिनेता गुल्सन ग्रोवर, हलिउड कलाकार ग्रोसेको अभिनय छ । यस्तै यो चलचित्रमा पाकिस्तानी कलाकार अमिद शेखको पनि अभिनय देख्न पाइने छ । ओरिकामा बस्ने नेपालीको नेपाली संस्कृतिप्रतीको मोह चलचित्रको मुख्य कथानक हो । चलचित्रको प्रचारका लागि बलिउड अभिनेता गुल्सन ग्रोवर नेपाल आइसकेका छन् ।

    यस्तै भिषण राईको निर्देशनमा बनेको चलचित्र ‘पुरानो बुलेट’ मा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…