• गौशाला, १ चैत

    महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको बताउनुभएको छ ।

    उहाँले जिल्लाको १३३ जना कुष्ठरोगीमध्ये ७४ जनामा बढी सर्ने कीटाणुको सङ्क्रमण रहेको तथा ५९ जनामा कम सर्ने कीटाणुको सङ्क्रमण रहेको बताउनुभयो । उहाँले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी बिरामी जिल्लाको बलवा नगरपालिकामा र सबैभन्दा कम बिरामी जिल्लाको बर्दिवास नगरपालिका र सम्सी गाउँपालिकामा रहेको बताउनुभयो ।

    उहाँका अनुसार बलवा नगरपालिकामा प्रति १० हजारमा पाँचजना कुष्ठरोगी रहेको तथा बदिवास नगरपालिका र सम्सी गाउँपालिकामा समान रुपले प्रति १० हजारमा शून्य दशमलव तीनजना कुष्ठरोगी रहेका छन् ।

    अधिकृत झाका अनुसार जिल्लामा प्रत्येक एक लाखमा २७ जना कुष्ठरोगीमध्ये महिला लगभग ४९ प्रतिशत, बालबालिका १२ प्रतिशत र अङ्गभङ्ग भएका कुष्ठरोगी १२ प्रतिशत रहेका छन् । जिल्लामा कुष्ठरोगको भयावह अवस्था हेरेर यही चैतमा जिल्लाको मनरा सिस्वा नगरपालिका र एकडारा गाउँपालिकाले कुष्ठरोगी खोजी अभियान चलाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…