• शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’लाई दर्शकले अत्यधिक मन पराएका छन् । ‘ठेट’ नेपाली संवाद र पुर्वेली लवजलाई समावेश गरी क्रेजी इन्टरटेनमेन्टले प्रथम पटक निर्माण गरेको यस चलचित्रलाई बालक, युवा युवती, वृद्ध सबैले रुचाएको पाइएको छ ।
    झापा विर्तामोडको क्युएफएक्स हलमा चलचित्र हेरेर निस्किाएका तेज लिम्बुको आँखा रसाएको थियो । उनले भने–‘धेरै वर्षपछि यस किसिमको चलचित्र हेर्न पाएं । मेरो जीवनसँग ठ्याक्कै मेल खाएकोले मैले फिल्म हेर्दा चार पटक आँसु झारें अनि बीच बीचमा दिल खोलेर हांसे पनि ।’
    यसरी नै झापाको बुधबारे, इटाभट्टा र दमकमा पनि दर्शकहरुले अत्यधिक चलचित्रलाई मन पराएका छन् । यस्तै इटहरीको इलाइड सिनेमा हलमा फिल्म हेरेर पार्किङका भेटिएका निरज बस्नेतले भने–‘मलाई पुरानो बुलेट चलचित्रको सबैभन्दा राम्रो पक्ष पैसा कमाउन र समाजमा आफ्नो छबी बनाउन विदेशै जानु पर्दैन भन्ने मूल सन्देश मन पर्यो ।’ यस चलचित्रमा पैसा कमाउन विदश नगई नेपालमै पनि दिनरात मेहनत गरे आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने मूल सन्देश दिइएको छ । चलचित्र ‘पुरानो बुलेट’को वरीपरी घुमेको छ र त आम युवाहरुको जीवनसँग मेल खाएको छ ।
    यस्तैगरी चलचित्र इटहरीको आर.एस. सिनेप्लेक्स, धरानको गोर्खा सिनेमा, बेलबारीको सारदा चलचित्र मन्दिर, पुनम चलचित्र मन्दिर बुधबारेमा एकसाथ प्रदर्शन भइरहेको छ ।
    मोरङको पथरीमा अवस्थित कञ्चन चलचित्र मन्दिरमा भने चलचित्र डे र नाइट शो नै भइरहेको सञ्चालक मदन गुरागाईले जानकारी दिए । पथरीशनिश्चरे–७ का मुकेश राईको पनि मन छाएको प्रतिक्रिया दिए । उनले भने–‘बाबु आमासँग बस्दाको रमाइलो पल अनि अन्तै कतै गएर एक्लो जीवन बिताउँदाको पीडाले मलाई टच गर्यो । मलाई लाग्छ यो चलचित्रले आम नेपाली युवाको कथा बोकेको छ ।’
    विशेषगरी चलचित्रका मुख्य नायक अनुप विक्रम शाहीको तारिफ सबैले गरेका छन् । यस्तैगरी वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, बारत लिम्बुको अभिनयलाई पनि दर्शकहरुले एकदमै मन पराएको पाइएको छ ।
    यस चलचित्रलाई क्युएफएक्सले काठमाडौंको मल्टिप्लेक्स हलमा थोरै हल र अपायक समय दिइएको बुझिएको छ । किनकि शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्काे चलचित्र द म्यान फर्म काठमाडौं क्युएफएक्स हल सञ्चालक नकिम उदिमको फिल्म हो । उच्च शो दिइएको चलचित्र द म्यान फर्म काठमाडौंले सोचे जस्तो दर्शक पाउन सकेको छैन ।
    चलचित्र पुरानो बुलेटले काठमाडौंमा पनि अत्यधिक माया पाएको छ । कुमारी हल र बीएसआर गोंगबुमा दुई शो मल्टिप्लेक्स हल, गोपीकृष्ण, अस्टनारायण, गुण सिनेमा, बाराही सिनेमा, कलंकी, गंगा, पृथ्वी, पुष्पाञ्जली, शुभकामना लगायतका हलहरुमा पुरानो बुलेटले हाउसफुल शो पाइरहेको छ ।
    यस्तै पुरानो बुलेट चलचित्र क्युएफएक्स जालमा चितवन, द्वारीका उदय बुटवल, ब्रो सिस चन्द्रनिगापुर, मनकामना दमौली, ग्यालेक्सी गोलबजार, क्यएफएक्स सिनेमा पोखरा, मिडटाउन पोखरा, बाराही ख पोखरा, श्री गणेश घोराही, श्री बागेश्वरी सिनेमा सल्यान, क्यएफएक्स नेपालगन्ज लगायतको हलमा पनि भव्य रुपमा प्रदर्शन भइरहेको छ ।
    यस चलचित्रलाई भीषण राईले निर्देशन गरेका हुन् भने अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु र सन्तोष राईले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…