• धनगढी – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भइसक्दा पनि थारु समुदायका माग पूरा गर्न तदारुकता नदेखाएको भन्दै पश्चिमका थारु युवा जुर्मुराएका छन् ।

    आफ्ना माग पूरा गर्न सरकारलाई बाध्य पार्र्ने उद्देश्यले थारु समुदायले नयाँ रणनीति बनाउने तयारी गरेका छन् । निर्णायक आन्दोलन गर्ने उद्देश्यले अबको रणनीति भयंकर हुने थारु समुदायका अगुवाको दाबी छ ।

    थरुहट प्रदेशको मागसहित नयाँ रणनीति बनाउन थरुहट थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ । संघर्ष समिति र थारु कल्याणकारिणी सभा (थाकस) ले चैत १६ गते बर्दियामा हुने थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय भेलाको तयारी थालेको हो ।

    २०७२ भदौ ७ गते टीकापुर घटना घटेपछि उठ्न नसकेको सो आन्दोलनबारे रणनैतिक योजना तय गर्नेबारे छलफल हुने थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले बताए । फागुन २२ गते जिल्ला अदालत कैलालीको फैसला आएपछि जेल सजाय भुक्तान गरेका थारु नेता, अगुवासहितको उपस्थितिमा राष्ट्रिय भेला हुने उनले बताए ।

    भेला तीनवटा उद्देश्यमा केन्द्रित हुने जनाइएको छ । टीकापुर मुद्दा र अदालतको फैसला, थरुहट आन्दोलनको अवस्था, मोर्चाबन्दी, नेतृत्व एवं भावी संघर्षका कार्यक्रमहरू र कारागार अनुभव सेयरिङसहित निष्कर्षमा पुगिने थारु नेता लक्ष्मण थारुले बताए ।

    उनले केही दिनभित्रै टीकापुर घटनासम्बन्धी मुद्दा पुनरावेदन गर्ने बताए । जिल्ला अदालत कैलालीको फैसलाको सम्मान गर्दै न्याय प्राप्तिको लागि उच्च अदालत जाने बताए । ‘हामी जिल्ला अदालतको फैसलालाई सम्मान गर्दै न्याय नपाएसम्म अगाडि बढिरहने छौं । हामी निर्दोष छौ । निर्दोष सावित नभएसम्म कानूनी लडाई जारी राख्ने छौं,’ नेता थारुले भने ।

    राजनीतिक अधिकार प्राप्तिको माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी तथा सरकार र संघर्ष समितिबीच २०६५ सालमा भएको समझौता कार्यान्वयनका लागि दबाब सिर्जना गरी राख्ने उनको भनाइ थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…