• काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ। सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पेलेर अगाडि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरले असन्तुष्टि जनाउँदै आएका छन्। महासमिति बैठकले दिएको निर्देशन विपरित समापतिले बहुमतको आडमा पेलेर अगाडि बढेको भन्दै कांग्रेसको विवाद सतहतमा देखिएको छ।

    पार्टी भित्र देखिएको विवाद समाधान गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार आफ्नै निवास बुढानिलकण्ठमा बोलाएको बैठक निश्किर्षविहीन भयो। देउवाले आइतबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई निवासमै बोलाएर बैठक बोलाएका थिए।

    बैठकमा वरिष्ठ नेता राचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसीलगायतका नेताहरु सहभागी थिए। बैठकमा सभापति देउवाले अनुशास समिति र निर्वाचन समिति गठनबारे सहमति गर्न आग्रह गरेका थिए। अनुशासन समितिमा आफू अल्मतमा पर्ने गरी देउवाले समिति गठन गर्न नमानेपछि कुरा नमिलेको बताइएको छ।

    पौडेलले समितिमा आफ्ना २ जना हुनुपर्ने बताएका छन् भने सिटौलाले पनि भाग खोजेका छन्। ५ सदस्यीय समितिमा सिटौलालाई पनि भाग दिँदा सभापति इतर समूह बहुमतमा हुने भएकाले देउवाले अस्वीकार गरेको बताइएको छ ।

    महासमिति बैठकले विधानमा केन्द्री सदस्यले पनि जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा जितेर आउनुपर्ने म्याण्डेट दिएकोमा केन्द्रीय समितिले त्यसलाई उल्ट्याउँदै केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ ।

    सभापति देउवाले जबर्जस्ती रुपमा बहुमतको आधारमा अगाडि बढ्न खोजेपछि ५६ जिल्लाका पार्टीका सभापतिले विज्ञप्ति जारी गर्दै महासमितिले दिएको निर्देशन अनुसार निर्णय गर्न नेतृत्वलाई दबाव दिएका थिए। जिल्ला सभापतिहरुले महासमितिले दिएको निर्देशन अनुसार पार्टीले निर्णय नगरे विशेष महाधिवेश बोलाउन पहल गर्ने चेतावनी दिएका थिए। कांग्रेस विधानमा २५ प्रतिशत जिल्ला सभापतिले हस्ताक्षर गरे विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…