• काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र निर्वाचनपछिको तिक्तता पार्टी सभापतिले मेट्न सक्नुपर्ने बताएका छन् ।

    उनले हाम्राकुरासंग भने, ‘सभापति शेरबहादुरजीले मिलाउनु हुन्छ होला भन्ने लागेको थियो तर उहाँले मेट्न सक्नु भएको छैन ।’

    उनले अगाडि भने, ‘तिक्तता मेट्न सकिएन भने एकढिक्का भएर अगाडि बढ्न सक्ने अवस्था हुँदैन । त्यो सभापतिको दायित्व हो ।’

    सोमबार बिहान केन्द्रीय कार्यसमिति बैठक बस्दै गर्दा उनले महासमितिमा आएका प्रस्तावलाई हुबहु समेट्नुपर्नेम जोड दिएका छन् ।

    उनले भने, ‘सभापतिजीले नै म मिलाउँछु भनेर त्यतिबेला निकासको बाटो खोज्नुभएको हो । त्यो पूरा गर्नुपर्छ । वरिष्ठ नेताहरुले नोट अफ डिसेन्ट लेखिसकेका छन् । अब पनि बहुमतको दम्भमा हिँड्नु हुँदैन ।’

    डा कोइरालाले विधानमा संसद पुनस्र्थापनाको नसमेटिएको भन्दै त्यसलाई समेट्नु पर्ने बताएका छन् । उनले भने, ‘धेरैको आँखा पुगेको छैन । यो गम्भीर विषय हो । त्यो नभएको भए गणतन्त्र आउँदैन थियो । राजनीतिक प्रस्तावमा यो विषय नहुनु दुर्भाग्य हो ।’

    सोमबारको बैठकमा अनुशासन समिति र निर्वाचन समितिमा सहमति बन्न सकिरहेको छैन । यो गम्भीर विषय हो भन्दै डा कोइरालाले भने, ‘बैठकमा यो विषय छलफलमा जान्छ । त्यसपछि कसरी जान्छ त्यसमा भर पर्छ । यी दुवै समिति वरिष्ठ साथीहरुको नेतृत्वमा बने राम्रो हुन्छ ।’

    नेता कोइरालाले सभापति देउवाबाट प्रस्तावित व्यक्तिहरु पनि नराम्रा भने नभएको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…