• काठमाडौं। प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय पार्टी एकता प्रक्रिया र मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सघन छलफलमा थिए।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको दश महिला बितिसक्दासमेत सांगठनिक एकता प्रक्रियाले गतिदिन नसक्दा दुई अध्यक्षबीच एकता प्रक्रियालाई पूर्णता दिन सघन छलफल भएको थियो।

    तर प्रचण्ड आइतबार पत्नी सिता दाहालको उपचार गर्न अमेरिका उडेपछि नेकपाको एकता प्रक्रिया झन प्रभावित हुने भएको छ। प्रचण्ड पत्नी सिता दाहालको उपचार गर्न अमेरिका गएपछि पार्टी एकता प्रक्रिया र मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ हुने स्वयं प्रचण्डले नै बताएका छन्।

    आइतबार त्रिभुवभ अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकता प्रक्रिया र अन्य राजनीतिक विषयमा पनि घनिभूत छलफलको आवश्यकता भएपनि सबै तयारी भइसकेकाले आफू हप्ता दिनकालागि पत्नीको उपचार गर्न अमेरिका जानु परेको बताए।

    ‘त्यहाँ भर्ना गरेर उपचार गर्नु पर्ने होइन, त्यसकारण म चाँडै एक हप्तादेखि दश दिनसम्म फर्किन्छु,’ प्रचण्डले विमानस्थलमा संचारकर्मीमाझ भने, ‘बस्नै परेपनि गंगा (प्रचण्डकी छोरी) पनि जाँदैछन् र त्यहाँ अन्य साथीहरु पनि छन्। उहाँहरुलाई छोडेर म चाँहि हप्ता दश दिनमा फर्किने सोचेको छु।’

    उनले मुलुकको स्थिति त्यति सहज भइनसकेको उल्लेख गर्दै पार्टीको एकता प्रक्रियालाई गति दिन ढिला भइरहेको जनाए। ‘पार्टी एकतालाई टुंग्याउने बारेमा र अन्य राजनीतिक विषयमा पनि घनिभूत छलफलको आवश्यकता छ,’ उनले भने।

    तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि सचिवालय, केन्द्रीय समिति र प्रदेश कमिटी गठन भए पनि बाँकी सांगठनिक काम अगाडि बढ्न सकेको छैन।

    सांगठनिक एकतालाई पूर्णता दिन सचिवालय र स्थानीय समितिबाट गठन भएको कार्यदल असफल भइसकेको छ। स्थानीय समितिबाट गठित कार्यदल भंग गरेर अध्यक्षद्वय ओली र प्रचण्डले नै बाँकी एकताको काम अगाडि बढाएका छन्।

    अध्यक्षद्वय ओली र प्रचण्डबीच सांगठनिक एकताको बाँकी काम टुंगो लगाउन छलफल भए पनि सहमति जुट्न सकेको छैन। वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको भावनाअनुसार मात्र पार्टी एकता टुंगो लगाउने दबाब दिँदै आएका छन्। पार्टीभित्र अध्यक्ष ओली र प्रचण्डले चाहेर मात्र निर्णय हुन सक्ने अवस्था छैन। प्रदेश कमिटीको टुंगो लागेसँगै असन्तुष्ट बन्दै आएका नेता नेपाललाई मनाएर अगाडि बढ्ने नीति अध्यक्षद्वय ओली र प्रचण्डले लिएका छन्।

    सरकारले सीके राउतसँग गरेको सहमति र विप्लव समूहलाई लगाएको प्रतिबन्धप्रति पनि नेकपाभित्र असन्तुष्टि बढेको छ। सीके राउतसँग सहमति गरेर विप्लव समूहलाई प्रतिबन्ध लगाउने हतारोको निर्णय भएको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरेका छन्।

    पछिल्लो नौ महिनामा एकता टुंगो लगाउन चार कार्यदल गठन गर्दै विघटन भए । पछिल्लो समय स्थायी कमिटीबाट गठन भएको कार्यदल विघटन गर्दै एकताको सम्पूर्ण प्रस्ताव तयार गर्ने जिम्मेवारी सचिवालयले लिएको छ ।

    स्थानीय तहदेखि जिल्ला, जनवर्गीय संगठन, विभागहरूको टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । जिम्मेवारीविहीन भएका उनीहरूले नेतृत्वप्रति आक्रोश व्यक्त गर्न सुरु गरिसकेका छन् ।

    महिनौसम्म एकता टुंगो लाग्न नसकेका कारण अलपत्र परेका सबै तहका कमिटीहरूको कुनै कार्यक्रम पनि भइरहेको छैन । कार्यक्रम शून्य हुनुका साथै नेताहरूले जिम्मेवारी नपाएका कारण पार्टीको सांगठनिक कार्यका साथै वैचारिक कार्य ओझेलमा परेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…