• काठमाडौँ,  बिहान    २०७५ चैत्र ५

    मंगलवार नक्क्ली सुन देखाइ ठगी गर्ने एक समूहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोङ्गबु क्षेत्रबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नुवाकोटका मसा तामाङ, बुद्धिमान तामाङ, राउसिंह तामाङ, मङ्गले तामाङ तथा गोरखाका कुशल अधिकारी र गोविन्द पोखरेल रहेको ब्यूरोले जनाएको छ । उनीहरुले केही महिनादेखि काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा नक्कली सुनलाई सक्कली हो भन्दै सस्तो मूल्यमा सुन दिने लोभ देखाएर ठगी गर्ने गरेको पाइएको छ ।

    स्थानीय बासिन्दाको उजुरीको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नक्कली सुन र केही नक्कली नेपाली नोट बरामद गरेको छ । उनीहरुविरुद्ध ठगी एवं खोटा चलन कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा सङ्गठित गिरोह खडा गरी ठगी गर्ने गरेको, एउटा समूहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको र ठगी गरेको रकम भूमिकाको आधारमा भागबण्डा गरी लिने गरेको खुल्न आएको उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…