• काठमाडौँ, १२ चैत

    उपराष्ट्रपति नन्दबहादुर पुन बङ्गलादेशको ४८औँ राष्ट्रिय एवं स्वतन्त्रता दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।

    नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते शाम्सले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा राजधानीमा रहेका बङ्गलादेशी नागरिक, वरिष्ठ सञ्चारकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

    त्यसअवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत शाम्सले बङ्गलादेश र नेपालबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै पारस्परिक सम्बन्ध भावी दिनमा अझ घनीभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…