• बाहुनडाँगी । स्टाइकर रोमन मेचेको दुई गोलको मद्धतले आयोजक नव ज्योति युवा क्लब मेचीनगर ३ मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
    बुधवार नव ज्योति निमाविको खेल मैदानमा भएको पहिलो क्वाटर पाइनल खेलमा वडा नम्बर ५ लाई २–१ को गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रालाई कायम गरेको हो । खेलको पहिलो हाफको २० मिनेट र दोस्रो हाफको १० औँ मिनेटमा स्टाकाइकर रोमन मेचेले गोल गरेका थिए । वडा नम्बर ५ का तर्फबाट विशाल लिम्बूले १ गोल गरेका थिए ।
    बिहिवारको दोस्रो क्वाटर फाइनल खेल वडा नम्बर १२ र वडा नम्बर ६ बीच हुने आयोजक समितिका सदस्य राजकुमार रायाले बताउनु भयो ।
    स्थानीय खेलाडीहरुको उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भवानी गिरीले बताए । प्रतियोगिताको फाइनल खेल चैत २० गते हुनेछ ।
    प्रतियोगितामा विजेता टिमले नगद २० हजार उप विजेता टिमले नगद १० हजार पाउने आयोजक समितिका अध्यक्ष गिरीले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…