• चैत्र २१ बिहिवार

    गत आइतबारको हावाहुरीमा परी घाइते भएर वीरगञ्जको विभिन्न अस्पतालमा उपचार गराउँदै आएका १९५ घाइते बुधबार घर फर्केका छन् । स्वास्थ्यमा सुधार आएपछि उनीहरुलाई घर फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    मङ्गलबारसम्म वीरगञ्जको विभिन्न अस्पतालमा ४०९ जनाको उपचार हुँदै आएको थियो । बाँकी २१२ घाइतेको उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले वीरगञ्जको नारायणी अस्पतालमा ४० जना, नेशनल मेडिकलमा १००, वीरगञ्ज हेल्थ केयरमा २६, न्युरो अस्पतालमा १९ तथा गण्डक अस्पतालमा १७ घाइतेलाई भर्ना गरिएको थियो ।

    हावाहुरीबाट पर्साको विभिन्न स्थानमा १२२ घर पूर्ण क्षति तथा ३८७ घरमा आंशिक क्षति पुगेको शर्माले जानकारी दिनुभयो । उहाँले हावाहुरीबाट तीन विद्यालय, तीन उद्योग, एउटा मन्दिर र एउटा मस्जिद पूर्णरुपमा क्षति पुगेको छ । राहत वितरण गर्न स्थानीय प्रशासनले विभिन्न सङ्घसंस्थाको समन्वयमा सहायता कक्ष स्थापना गरेको छ ।

    उद्धारका केही फोटोहरु-


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…