• काठमाडौं । गएको तीन तहका निर्वाचनमा नराम्रो पराजय भोगेको नेपाली काँग्रेस त्यसयता तंग्रिन सकेको छैन । त्यतिबेला सरकारको नेतृत्व गरेको सबैभन्दा ठूलो दल तीन तहका निर्वाचनमा पराजय हुनुको एक कारण आन्तरिक अन्तरघात पनि हो । तीनै तहको निर्वाचनपछि पार्टीमा यही विषयले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच आरोपप्रत्यारोप चलिरह्यो ।

    काँग्रेसमा अनुशासनको विषय पचिलो बनिरहेका बेला भिष्मराज आङदम्बेको संयोजकत्वमा गठन गरिएको केन्द्रीय अनुशासन समितिले आफ्नो काम थालेको छ । समितिको आइतबार बसेको बैठकले ७७ वटै जिल्लाबाट उजुरी लिने निर्णय गरेको काँग्रेस स्रोतले जनाएको छ ।

    आइतबार बसेको समितिको बैठकले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका, तीनका प्रस्ताव र समर्थक तथा पार्टी त्यागेर अन्य पार्टीमा प्रवेश गरेकाहरुको नामावली उपलब्ध गराउन ७७ वटै जिल्ला कार्य समितिलाई पत्राचार गर्ने निर्णय गरेको छ । ७ दिनको समयसीमा तोकेर यस्तो नामावली दिन पत्रचार गरिने भएको समितिका एक सदस्यले जानकारी दिए ।

    स्मरणरहोस गएको प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि ‘बागी’को सामना गर्नुपरेको थियो । गोविन्दराज जोशीले पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । काँग्रेसले यस्तो समस्या लगभग सबै जिल्लामा भोगेको थियो ।

    त्यसैले पनि अनुशासनको विषय निकै जटिल बनेको थियो । एकअर्का समूहलाई ‘ठेगान’ लगाउन अनुशासनको अस्त्र चाल्ने भएका कारण लामो समय अनुशासन समितिसमेत गठन हुन सकेको थिएन । तर, देउवा र पौडेलबीच समितिले सर्वसम्मतमात्र निर्णय गर्न पाउने कार्यदेशमा सहमति जनाएपछि देउवा पक्षीय नेता आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन भएको थियो ।

    समितिमा संयोजक आङदम्बे, देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर देउवा पक्षीय नेताहरु हुन् भने धनराज गुरुङ पौडल पक्षका र उमाकान्त चौधरी कृष्ण सिटौला पक्षका नेता छन् । समितिमा देउवा पक्षीय सदस्यहरुको बहुमत भए पनि यो समितिले बहुमतका आधारमा निर्णय गर्न पाउने छैन । केन्द्रीय समितिले यो समिति गठन गर्दा नै बहुमतका आधारमा निर्णय गर्न नपाउने निर्णय गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…