• काठमाडौं । वैदेशिक रोजगारीमा मलेसिया जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणमा रहेको सिण्डकेट हटेको छ । नयाँ स्वास्थ्य संस्थाहरुले पनि परीक्षण गर्न पाउने भएसँगै यो सिण्डकेट हटेको हो । श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थामा सूचिकृत हुन १२६ स्वास्थ्य संस्थाहरुले आवेदन दिएका छन् ।

    मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने मापदण्ड पुरा भएका १२६ स्वास्थ्य संस्थाहरुले आइतबार अन्तिम दिनसम्म आवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    यसअघि मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण ३७ वटा स्वास्थ्य संस्थाहरुले मात्रै गर्दै आएका थिए ।

    अब भने मापदण्ड पुरा भएका देशैभरीका स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परीक्षण गर्न पाउने भएसँगै स्वास्थ्य परीक्षणमा रहेको सिण्डिकेटको अन्त्य हुने भएको हो ।

    आवेदन दिएका स्वास्थ्य संस्थाहरुबाट पनि मापदण्ड पुरा भएका स्वास्थ्य संस्थाहरुलाई छनोट गरी स्वास्थ्य परीक्षणका लागि सूचिकरण गरिने मन्त्रालयले जनाएको छ ।

    मलेसिया रोजगारीका लागि पठाइने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुको स्वास्थ्य परीक्षण मापदण्ड पुरा हुनका लागि विभिन्न भौतिक तथा मानव संसाधन हुनुपर्ने उल्लेख गरिएको छ ।

    जसअन्तर्गत अत्याधुनिक एक्सरे मेसिन, डिजिटल रेडियोग्राफि प्रविधि, , एक्सरे रिपोटिङ रुम, पर्याप्त कुर्ने रुम सहितको रेडियोग्राफि डिपार्टमेन्ट हुनुपर्ने छ ।

    त्यसैगरी आधुनिक प्याथोलोजि डिपार्टमेन्ट हुनुपर्ने उल्लेख गरिएको छ जसमा एकथान माइक्रोसप मेसिन, हट एअर ओभन, पूर्ण स्वाचालित इलिसा रिडर, बायोकेमेट्रि एनालाइजर, युरिन एनालाइजर, वाटर बाथ, रेफ्रिजेरेटर लगायत विभिन्न १७ प्रकारका आबश्यक उपकरण हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

    केमिकल एण्ड रिएजेन्ट डिपार्ट अन्तर्गत प्रेग्नेन्सी परीक्षण, मृगौला परीक्षण, एचआइभी परीक्षण, ब्लडग्रुप, र अन्य १४ प्रकारका परीक्षणका लागि आबश्यक केमिकल हुनुपर्ने उल्लेख छ ।

    मेडिकल सेन्टरमा रेडियोलोजिस्ट, प्याथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, मेडिकल ल्याब टेक्नीसियन, रेडियोग्राफर, अकाउन्टेन, मेडिकल रिपोर्ट किपर हेल्पर लगायत आबश्यकता अनुसारका कर्मचारीहरु हुनुपर्ने उल्लेख गरिएको छ ।

    त्यस्तै खुल्ला हल र उपयुक्त कुर्ने ठाउँ, डुकुमेन्ट राख्ने उपयुक्त व्यबस्था, आबश्यक सेवा केन्द्र, डाक्टरका लागि आबश्यक सामग्री सहित उपयुक्त कोठा, आबश्यक प्रशासकिय हल, जेनेरेजर लगायत भौतिक सुविधाहरु उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…