• विराटनगर । नेपाली कांग्रेसका प्रदेश १ का सचेतक सांसद सूयर्माराज राई चढेको स्कुटरमा ठक्कर दिई कार ब्याक गराएर किच्‍न खोज्ने चालकलाई प्रहरीले निगरानीमा राखेको छ । विराटनगरको नोबेल अस्पताल नजिकै राई चढेको स्कुटरलाई बुधबार ठक्कर दिई गाडी 'ब्याक' गरेर किच्न खोज्ने चालक विजय शर्मालाई मोरङ प्रहरीले बिहीबार निगरानीमा राखेको जनाएको हो । सांसद राईले स्कुटर छोडेर भागी ज्यान बचाएको बताएका छन् ।

    रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाको बा१५च २४३३ नम्बरको निजी गाडी चालक शर्मालाई निगरानीमा राखेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनले भने,‘‘यस विषयमा थप अनुन्धान भईरहेको छ ।’’ दोषीउपर कारबाही गर्न सांसद राईले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…