• हङकङमा रहेर सञ्चारकर्ममा सक्रिय रुपमा लागिरहेका युवा हुन,अनोज रोक्का । हङकङमा राष्ट्रिय कलाकार, सेलिब्रेटी तथा विविध विषयमा कलम चलाउन अन्तरवार्ता लिन अनोजको व्यस्तता निक्कै बढेको छ । कान्तिपुर साप्ताहिक,मज्जाको टिभी लगायत बिभिन्न सञ्चारमाध्यममा क्रियाशिल अनोजको पत्रकारिता यात्रा, जिवनका आरोह अवरोह रातोकलम डटकमले जान्ने प्रयास गरेका छौ । प्रस्तुत छ,उनीसँग कुराकानी -

     तपाई कहाँ जन्मीनुुभयो ?
    मेरो जन्म पाँचथरमा भएपनि मेरो बाल्यकाले मोरङमै बित्यो ।

     कस्तो परिवारमा ?
    एकल परिवार हो मेरो । बाबा, आमा दिदी र म ।

     बाल्यकाल कसरी बित्यो ?
    बाल्यकाल समग्रमा रमाईलोसँग बित्यो । बाबा नेपाल प्रहरीमा हुनुहुन्थ्यो । अनुशासनमा बित्यो भन्नुपर्ला ।

     सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
    संञ्चार कर्मप्रति समयसँगै आकर्षण बढदै गयो । आदरणिय दाई मोहन भट्टराई र साथी सन्तोष राईसँगको सम्बन्ध र उनीहरुको प्रेरणाले पनि मलाई थप उत्साहित बनायो संञ्चार क्षेत्रमा आउँनका लागि ।।

    सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
    धेरै गाह्रो भयो । म रमाईलोमा अवस्थित रमाईलो बालजगत स्कुलमा सहायक प्रधानाध्यापक थिए । अध्यापनसँगै पत्रिकामा आफ्नो लेख, अनुसन्धानका बिषयहरु प्रकाशित गर्थे । शिक्षण पेशासँगै म आफुपनि मास्टर्सको विद्यार्थी थिए । आफुलाई परिस्कृत गर्नका लागि मोरङ् उर्लाबारीमा अवस्थित रेडियो ईन्द्रिणीमा विज्ञापन मार्केटिङको पार्ट हेर्थे । एकैपटक संञ्चारकर्मका विभिन्न विधामा आफुलाई सक्रिय बनाउँदा एकप्रकारले तनाव महशुस भएको थियो तर आफ्नो रुचीको बिषय भएपनि सवै तनाव र दुखमा पनि आनन्द लाग्ने रहेछ ।।

     पहिलो पटक आफ्नो नाममा समाचार छापिँदा कस्तो लागेको थियो ?
    त्यो खुसीलाई तुलना गर्नै सकिदैन । हवाईपत्रिका, साप्ताहिक पत्रिका लगायतमा पहिलोपटक आफ्नो नाम छापिदा संसारकै ठुलो मान्छे भएको महशुस भएको थियो । त्यो पत्रिकाको कटिङ अहिलेपनि मसँग सुरक्षित छ ।

     अरु केही बन्ने सपना थियो की ?
    हो, बाबाको छाप परेर पनि होला, मलाई पुलिस अफिसर बन्ने ठुलो ईच्छा थियो । अहिलेपनि उच्च अधिकृतको वर्दीमा उभिएको प्रहरी देख्दा आफु भएको कल्पना गर्छु ।

     कसैले ल्याएको हो या आफै आउनुुभयो ?
    आफै आए । समयसँगै कलम र अक्षरहरु मार्फत नदेखिएका आवाजहरुलाई उजागर गर्नुपर्छ जस्तो लाग्यो । आफ्नो तर्फबाट समाज र देशलाई पत्रकारीताको माध्यमबाट पनि योगदान दिन सकिन्छ भन्ने महशुस पनि भयो ।



     सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
    संघर्ष भन्दा पनि आफैमा मेहनत धेरै गरेको छु । पत्रकारिताको लागि चाहिने सिप विकासका लागि दिनरात, पानीझरी नभनि कलेज धाएको छु । आफुलाई परिस्कृत गर्नका लागि अहिलेपनि निरन्तर अभ्यास र अध्ययन गरिरहेको छु ।

    विचमा पत्रकारीता छोड्न मन लागेन ?
    पत्रकारिता छोड्ने विचार कहिल्यै आएन । पैसा हुदैन थियो, फ्रि मा आफ्नो वाईलाईनमा आएका समाचार हेर्दा भोको पेट पनि आफै भरिएको महशुस हुन्थ्यिो । आफुले मेहनत गरेर लेखिएको सामाग्री अरुले हेरेको अनि प्रतिक्रिया पाएको त्यो अदभूत क्षणमा हुने पुकलितपन अहिलेपनि उस्तै छ ।

     आफ्नै नजरमा अनोज के हो र कोहो ?
    म नेपालको एक नागरिक हुँ, सदैव सकारात्मकता र सम्भावनाहरुको खोजी निरन्तर गरिरहने ।

     मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
    अरुको म प्रतिको दृष्टिकोण त परिवर्तन गर्न सकिदैन तर सामान्य सकारात्मक सोचको अनोज भनेर चिनिदिए हुन्छ जस्तो लाग्छ ।

     आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
    छिट्टै भावुक हुन्छु, जसले गर्दा अरुको पिडा, खुसी र दुखलाई महशुस गर्न सजिलो हुन्छ । जे कुरालाई पनि सकारात्मकताबाट सोच्छु ।

     अनि कमजोर पक्ष चहि नी ?
    सकारात्मकताकै उपज हुन सक्छ, छिट्टो विश्वास गर्छु, जुन कहिलेकाही घातक पनि हुनेगर्छ ।

     कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
    उसको सोच र बोल्ने शैलिबाट ।

     तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
    मेरो वरिपरिको वातावरणसँगै मैले लिएको शिक्षा । बाँकी रहेको समयमा गरिएको अध्ययन ।

     तपाईलाई कति खेर रिस उठ्छ ?
    संवेगहरु त आईरहन्छ, विभिन्न कारण हुनसक्छ । तर केहि समयपछि हराएर जान्छ ।

     अनि कतिखेर भावुक हुनहुन्छ ?
    म बच्चाको आँशु देख्न सक्दिन । अनि जस्तो पनि पिडामा म चाँडै भावुक बन्छु ।

     तपाई कतिको संयमित हुनुहुन्छ ?
    अवश्य छु होला ।। हा हा कसरी भनौं


     अनि कतिखेर खुुसी हुनुहुन्छ ?
    खुसीको खास कारण नै हुदैन । सानो सानो कुरामा खुसी पाउँछु ।

     तपाईका दुःखहरु के हुन् ?
    मेरो ब्यक्तिगत दुख केहि छैन । छ त समग्र देश र परिस्तिथीको ।।

     अनि तपाईको सुख चाहि नी ?
    जब देश सुखी बन्छ, हामी त्यसकै छहारीमा बस्ने सवैजना सुख र खुसी महशुस गर्छौ ।।

     तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
    मैले मेरो मामा गुमाएको पल ।।

     अनि खुसीको क्षण चहि नी ?
    जब मैले मास्टर्स सके ।।

     तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
    मास्टर्स सकेपछि शिक्षणसँगै म लोकसेवाको तयारी गर्ने कि विदेश जाने भन्ने नै थियो ।

     त्यसलाई के को बलमा पार गर्नुभयो ?
    मेरो परिवार अनि आफ्नै निर्णयले पार गरे ।

     अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
    पहिले आफ्नो पढाई पुरा गरे ।

     अनि गलत चहि नी ?
    अहिलेसम्म गरेका निर्णयहरु सवै खुसीसाथ गरेको छु । गलत गरेको महशुस भएको छैन ।

     सबैभन्दा पछुुतो लागेको क्षण ?
    त्यस्तो सम्झना लायक पछुतो लागेको छैन ।

     अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
    मेरो मामा युवा अवस्थामै दुर्घटनाको कारणले ज्यान गुमाउँनु भयो, त्यो बेला धेरै रोएको थिए ।

     अन्तिम पटक कहिले रुनुु भयो किन ?
    छैन रोएको । युट्युवमा देखिएका दुखित समाचारहरुले भावुक चाँहि पक्कै बनाउँछ ।

     तपाईलाई कस्तो मान्छे मन पर्छ ?
    सकारात्मक सोच भएको ।

     अनि कस्तो मन पर्दैन ?
    नकारात्मक सोचले ग्रसित ।

     तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
    घृणा त कसैलाई पनि गर्दिन तर खराव सोचको मानिसहरु देख्दा दिक्क चाहि लाग्छ ।

     फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
    पुस्तकहरु पढ्छु । नयाँ नयाँ ठाउँहरु पनि घुमिरहेको हुन्छु ।

     पत्रकारिता बाहेक तपाईको रुचीको क्षेत्र ?
    समाजसेवा र भ्रमण नै हो ।

     तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
    मलाई पछिल्लो समय मनिषा कोईरालाको आत्मवृतान्त ‘हेल्ड’ (क्यान्सरबाट बाहिरिएर कसरी नयाँ जीवन पाईन) असाध्य मन पर्यो । जीवनका अनेकन आयाम र मृत्युलाई नजिकबाट नियालिएको छ कितावमा ।

     दोहोराएर पढ्नुु भएको पुुस्तक ?
    पत्रकार बिजयकुमारद्धारा लिखित ‘खुसी’ दोहोर्याएर पढेको छु ।

     कस्ता फिल्म हेर्नुुहून्छ ?
    खासै फिल्म त हेर्दिन तर समय मिलेमा साथीभाईसँग जुनै फिल्म पनि हेर्छु ।

     तपाईलाई मनपर्ने फिल्म ?
    मलाई पशुपतिप्रसाद भन्ने फिल्म असाध्यै मन परेको थियो ।

     दोहोराएर हेर्नुभएको फिल्म ?
    पछिल्लो समय हाम्रो साथीभाईको समुहले निर्माण गरेको चलचित्र पुरानो बुलेट दोहोर्याएर हेरेको छु ।

     तपाईलाई मन पर्ने हिरो हिरोइन ?
    मलाई नायक विपिन कार्की र पुरानो हिरोईन जल शाह खुवै मन पर्छ ।

     तपाईलाई रुवाएको फिल्म ?
    म जुनै फिल्मको भावुक दृश्यमा रुन्छु ।

     मनपर्ने गायक–गायिका ?
    मलाई हर्कुलस बस्नेत र प्रविशा अधिकारीको आवाज मन पर्छ ।

     मनपर्ने ठाउँ ?
    नेपालको जुनसुकै विशेषगरी पहाडी क्षेत्र मन पर्छ ।

     तपाईलाई मनपर्ने नेपालका नेता ?
    ब्यवहारमा सवै उस्तै लाग्छ तर कुरामा चाँहि रविन्द्र मिश्रको भिजन मन पर्छ ।

     अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
    मलाई पाकिस्तानी प्रधानमन्त्री ईमरान खान मन पर्छ । क्रिक्रेटर हुदै प्रधानमन्त्री बनेको उनको कुटनैतिक चालको बेलाबेलामा खुबै चर्चा हुने गर्छ ।
     नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
    गगन थापाको वाकपटुता गजब लाग्छ ।

     तपाईको आदर्श को हो, किन ?
    मेरो आदर्श म आफै हो, समयअनुसार आफुलाई परिवर्तन गर्न सिके । समाजमा देखिएको सम्पुर्ण मानवियताहरुनै मलाई आर्दश सिकाउँने पात्रहरु हुन । भलै कोहिबाट धेरै र कोहिबाट थोरै होला ।

     नेपालका मन पर्ने साहित्यकार ?
    साहित्यकार नवराज पराजुलीका कविताहरुले मन छोएको छ ।
     आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
    छैन ।
     अनि यो समाजप्रति चाहि नी ?
    समाजप्रति पनि छैन । आफ्नो केहि अंशको रिफ्ल्याक्सन नै समाज हो । आफु खुसी त संसार खुसी ।।

     जीवन के रहेछ ?
    मलाई त रंगमञ्च जस्तो लाग्छ । कथाको सिक्वेन्सअनुसार पात्र र परिवेशहरु परिवर्तन भईरहन्छन अनि मानविय संवेग पनि ।

     बाँकी योजना र सपना कस्ता छन् ?
    ठुलो छैन, बस सन्तुष्ट जीवन बिताउँने ।

     पत्रकारिता जगतमा लागेर के पाउनुभयो ?
    आत्मसन्तुष्टी अनि आत्मगौरव ।।


     अनि के गुमाउनु भयो ?
    पाएको मात्र छु ।

     पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
    पछिल्लो समय बनेको छ । पत्रकारितामा बढिरहेको आधुनिकीकरणसँगै आफुलाई श्रब्य, दृश्य दुवै विधामा अग्रसर गराउँने हो भने मज्जाले बाँच्न सकिन्छ ।

     नयाँलाई के सुझाप दिनुहुन्छ ?
    स्वागत छ । नविन सोच र दृढ आत्मविश्वासको साथ आउँनुभयो भने, तपाईको योगदानको एकदिन अवश्य कदर हुनेछ, भएन भने पनि तपाईलाई गजबको आत्मविश्वास र सन्तुष्टि मिल्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…