• काठमाडौं। सन् २०२२ मा हुने विश्वकपको लागि कतारमा निर्माण भइरहेको फुटबल स्टेडियम निर्माणको क्रममा अहिलेसम्म कम्तीमा १४०० नेपाली कामदारको मृत्यु भएको जर्मनीको एक टेलिभिजनले दावी गरेको छ । स्टेडियम निर्माण सुरु भएपछि हालसम्म दोहामा बसोवासको अवस्थाका कारण तथा निर्माणको क्रममा हुने दुर्घटनाका क्रममा प्रत्येक वर्ष ११० जनाको ज्यान जाने गरेको तथ्यांक छ । जर्मनीको टेलिभिजन डब्लुडिआरले एक डकुमेट्रीमा यी तथ्यांक प्रस्तुत गरेको मलेसियाको मिडिया भरियनले लेखेको छ ।

    परिवारका सदस्यको मृत्युबाट प्रभावित एक परिवारले आफूहरुले दोहाबाट कुनै प्रकारको क्षतिपूर्ति नपाएको बताए । ‘ट्रयाप्ड इन कतार’ नाम दिइएको यो अनुसन्धानात्मक डकुमेन्ट्री शुक्रबार रिलिज गरिएको थियो । डकुमेन्ट्रीमा यसरी काम गर्ने कामदारले क्याम्पमा आधारभूत आवश्यकताका वस्तुबिनै ठूलो संख्यामा बस्नुपर्ने खुलासा गरिएको छ ।

    नेपालले अहिले आफ्ना नागरिकलाई कतारमा काम गर्न जान रोक लगाउने तयारी गरिरहेको छ तर ठूलो संख्यामा नेपालीहरु कतारमा काम गर्न जान चाहन्छन् । ३ वर्ष कतार बसेर आएका दिनेश रेग्मीका अनुसार एक दशकअघि कतारलाई विश्वकप आयोजना गर्न दिे निर्णय भएदेखि अहिलेसम्म नेपाली कामदारको अवस्था उस्तै छ ।

    केही नेपाली कामदारहरु साइटबाट खसेर मर्छन् भने केही यहाँको गर्मी मौसमका कारण मर्छन् । ‘२ वर्षअघि म त्यहाँ हुँदा कमाइको आशामा आउने नेपाली कामदारको पीडा देखेको छु’ उनले भने ‘उनीहरुलाई बेसिक पारिश्रमिक र आधारभूत सुविधासमेत दिइँदैन ।’ नेपालको अध्यागमन विभागका एक अधिकारीले कतारमा नेपाली कामदारको अवस्थाबारे सरकार सचेत भएको भन्दै अरब न्यूजसँग भने ‘हामी कामदारलाई त्यहाँ जान प्रोत्साहित गर्दैनौं ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…