• चितवन, जेठ २७ गते ।

    पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो ।

    प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, धु्रव चापागाईं, सुरेन्द्र विकेलाई आइतबार राति रिहा गरेको हो । मुलुकी अपराधसंहितामा उल्लेख भएको व्यवस्थाअनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरुलाई रिहा गरिएको मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई नियमित हाजिर हुने र मुद्दा चल्दाको अवस्थामा कुनै गैरकानूनी काम नगर्ने गरी छोडिएको हो । प्रहरीको हिरासतमा रहेका चार जनाले आइतबार राति भावावेशमा घटना हुन गएको भन्दै क्षमा याचनासमेत मागेका छन् ।

    प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले घटनाले देश विदेशमा रहेका सहयोगीदाताको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा रङ्गशाला निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । प्रतिबद्धता गरेसँगै उनीहरुलाई प्रहरीले रिहा गरेको हो । उनीहरुलाई भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदीको रोहवरमा छाडिएको हो ।

    जेठ १५ गते भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालामा बाटोको विवादका क्रममा उनीहरुले डोजर लगाएर बार भत्काएका थिए । सोही घटनामा पक्राउ परेका अन्य १४ जनालाई जेठ २० गते प्रहरीले हाजिरी जमानीमा छोडेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…