• देबु बानियाँ
    बाहुण्डाँगी । धनगढी जुनियर जेसीजले आयोजना गरेको ‘जुनियर जेसीज प्रिमियर लिग’ को उपाधी स्टार प्रालिले जितेको छ ।
    शुक्रवार सम्पन्न फाइनल खेलमा एसके एजुकेशनलाई ५२ रनले पराजित गर्दै प्रिमियर लिगको उपाधी माथि कब्जा जमाएको हो । जितसँगै स्टारले नगद २१ हजार १ सय ११ सहित प्रिमियर लिगको सिरिज प्राप्त गरेको छ । टस जितेर व्याटिङ रोजेको स्टारले १६ दशमलव ५ ओभरमा सबै विकेटको क्षतिमा १३० रनको लक्ष्य निर्धारण गरेको थियो । जबाफी व्याटिङमा पिच प्रवशे गरेको एस. के. एजुकेशनले ११ दशमलव १ ओभरमा सबै विकेटको क्षतिमा ७८ रनमा खम्चिएको थियो । दोस्रो बनेको एस.के एजुकेशनले नगद १२ हजार २ सय २२ रुपैया प्राप्त गरेको छ । प्रतियोगिताको म्यान अफ द सिरिज एसजि कम्प्युटरका आशिष भण्डारी, उत्कृष्ट बलरतर्फ एडुपाल नेपालका लोकेश हमाल, उत्कृष्ट व्याटसम्यान स्टारका प्रविन जोशीले प्राप्त गरे भने फेयर प्ले अवार्ड प्लानेट भिटिले हात पार्यो ।
    विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र, आयोजक शाखा धनगढी जुनियर जेसीजका अध्यक्ष सन्तोष पन्त, एनएएसटी कलेजका प्राचार्य शिवहरी शर्मा, मातृ शाखा धनगण्ी जेसीजका अध्यक्ष नरेन्द्रराज अवस्थी तथा पदाधिकारीहरु, अतरिया जुनियर जेसीजकी अध्यक्ष मञ्जु बस्नेतलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
    अध्यक्ष सन्तोष पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जुनियर जेसीजका महासचिव सुमन ढकालले गरेका थिए । प्रतियोगिताको संयोजकका रुपमा देवराज अवस्थी र सहसंयोजकका रुपमा महेश महता रहेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…