• उर्लाबारी  । मोरङको उर्लाबारी—९ सिम्बुटोलमा एक युवामाथि सुतिरहेको ठाउँमा अन्धाधुन्ध खुकुरी प्रहार भएको छ । सेम्बुटोलका इन्द्रहाङ शेर्मालाई सोहि वडा कै प्रकाश थापाले शुक्रवार राति १२ बजेतिर ज्यानमार्ने उदेश्यले अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् । इन्द्रहाङको घाँटी ,छाती लगायत शरिरको बिभिन्न भागमा चोट लागेको दाजु सुरेन्द्र शेर्माले बताउनुभयो ।
    झण्डै पाँचथर घटना जस्तै घट्यो,गर्मीले भाई बाहिर सुतेकै ठाउँमा ज्यान मार्ने गरी खुकुरी प्रहार भएको छ , दाजु सुरेन्द्र शेर्माले भन्नुभयो, खुकुरी प्रहार गरी फरार थापालाई राति नै खोजि गरी गरी प्रहरीको जिम्मा लगाएका छौ । अहिले इन्द्रहाङको उपचार झापाको विएण्डसी हस्पिटलमा भईरहेको छ भने थापालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

    गाउँमा मरिमराउ भएको घरमा सोहि राती प्रकाश र इन्द्रहाङको सामान्य विवाद भएको थियो । त्यहि रिसमा प्रकाशले घरमै गएर आक्रमण गरेको हुन सक्ने बताइएको छ । यद्यपि, प्रहरीको अनुसन्धान भईरहेको छ ।

    https://www.youtube.com/watch?v=W9yp8R6EX8s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…