• असार २, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् ।

    सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए ।

    प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताए । ‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने,‘यसले जनविरोधी गतिविधि गरिरहेको छ ।’ जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध नेपाली काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए ।

    ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप लगाए । शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको बताए ।
    कोइरालाले बैदिक राष्ट्रगानबाट आरम्भ गरिएको पुस्तकबाट आध्यात्मक बिन्दुको प्रारम्भ भइ सबैमा आध्यात्मक चिन्ता ल्याउने आशा व्यक्त गरे । काँग्रेसको आउँदो महाधिवेसनमा बिपिको बिचारलाई आत्मसात गर्दे जान आवश्यक रहेको बताए । नेपाली राजनितिको ठुलो शक्ति भएकाले नेपाली काँग्रेसले नै देशलाई सही मार्गमा लाने बताए ।

    नेपाल संस्कृतिक विश्वविदालयका प्राध्यापक डा. कुलप्रसाद कोइरालाले धर्म र संस्कृतिको रक्षा नभए देशमा संकट आउनसक्ने बताए । अहिले धर्म संस्कृतिमाथी चौतर्फी प्रहार भइरहेकाले त्यसप्रति सबै सचेत र सजग हुनुपर्नेमा जोड दिए । कोइरालाले पुस्तकले सनातन धर्मको महत्व प्रकाश पारेको बताए । कृतिकार हरिशरण उपाध्यायले संसदले धर्मको व्याख्या गर्ने विषय नभएको बताए । धर्मको व्याख्या संसदले गर्नु लाजमर्दो विषय भएको बताए ।

    आफु भारतमा रहेर पनि देश प्रतिको चिन्ता एवं देश भक्ति र हिन्दु धर्मको प्रभुत्वको कारण यो पुस्तक प्रकाशन गरेको जानकारी गराए । अहिलेको समय युुवाको हातमा रहको बताउँदै युवाबाट थुप्रै आशा रहेको बताए । उनले भने,‘अहिलेका नेताहरुमा सदबुद्धि र धर्म प्रतिको आस्था पलाउँदै जाओस् ।’ धर्म रहे सबै नेपालीको अस्तित्व रहनेमा सबैको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए ।

    प्राध्यापक मुकुन्द शरण उपाध्यायले नेपालमा हिन्दुको अस्तित्व हुन आवश्यक रहेको बताए । हिन्दु धर्मको उदय नेपालबाटै भएको जनाउदै जनसंख्याको आधारबाट नभएर सबैै ग्रन्थहरु पल्टाएर हेर्न आवश्यक रहको बताए । बिमोचित पुस्तकले हिन्दु धर्मको महत्वमा जोड दिएको जानकारी गराए ।

    रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बिपि कोइरालाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा सशक्त रुपमा विचार दिंदा संस्कृति र धर्मलाई उत्तिकै महत्व दिएको बताए । अहिले काँग्रेसले बिपिको सिद्धान्तलाई बिर्सदै जान खोजेकोतर्फ सचेत गराए । पुस्तकले संस्कृति र संस्कारको महत्वमा जोड दिएको बताए ।

    बिमोचित पुस्तकको समिक्षा विश्लेषक उद्धव सिग्देल र आलोक लम्सालले थिए । दुवैले पुस्तकले विगत र वर्तमानको गहिरो विश्लेषण गर्दै भविष्यको मार्गदर्शन गरेको बताए ।

    त्रिवेणी साहित्य परिषद् नवलपुरले प्रकाशन गरेको पुस्तक १७५ पृष्ठको छ । पुस्तकका लेखक प्राध्यापक हरिशरण उपाध्याय स्याङ्जामा जन्मिएर भारतका विभिन्न विश्वविद्यालयमा प्राध्यापनमा सक्रिय रहे । उनका संस्कृति र नेपाली भाषामा नौं वटा पुस्तक प्रकाशित भइसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…