• २०७६ आषाढ १० मंगलवार

    मलेसियामा एसएसओजी धमाका वान नामक सांगितिक कार्यक्रमका लागि करिब तीन साताअघि मलेसिया आएका गायिकाद्वय श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङदम्बेलाई अदालती प्रक्रिया पुरा भएपछि हाल फिर्ती केन्द्रमा राखिएको छ ।

    उनीहरुलाई गत बिहीबार स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतले तोकेको जरिवाना रकम तिरेपछि उनीहरुलाई क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा राखीएको नेपाली दूतावासले जानकारी दिएको छ । पक्राउ परेकाहरुको अवस्थाबारे बुझी थप कानुनी प्रक्रिया अपनाउन दूतावासले वकिलको व्यवस्था मिलाएको थियो ।

    दूतावास स्रोतका अनुसार स्वदेश फर्काउनका लागि आवश्यक पर्ने आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा भइसकेको छ । हवाई टिकट लगायत केही प्रक्रिया मात्र बाँकी रहेको र उक्त काम भइरहेको जनाइएको छ ।

    ‘अब केही दिनमै हवाई टिकटको व्यवस्था गरी उहाँहरुलाई स्वदेश फर्काउन सकिनेमा हामी आशावादी छौं,’ दूतावासका एकजना अधिकारीले भने ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…