• २०७६ आषाढ १० मंगलवार

    नेपाल कम्युनिस्ट पार्टीले देशैभरी बम विस्फोट गराएको समाचार प्राप्त भएको छ ।

    पूर्व–पश्चिम राजमार्ग अन्र्तगत उर्लाबारीमा बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रश्थान गरेको सम्बन्धित श्रोतले जनाएको छ।

    यसै गरि बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको प्राप्त खबर छ । सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्र्तगत डिभिजन बन कार्यालयनजिक तथा पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कर्तनिया चोकमा कुकर बम भेटिएका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टीले बन्दलाई लक्षित गर्दै सडकमा बम राखेको हुनसक्ने प्रहरीको आशंका छ ।
    नेपाल कम्युनिस्ट पार्टीले आब्हान गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ भने , बिहानैदेखि सवारी साधन आमसिकरूपमा मात्र चलेको खवरहरु प्राप्त भएको छ ।

    अर्घाखाँचीका तीन ठाउमा बम फेला परेको छ । छत्रदेव गाँउपालिका वडा नम्वर ५ को वडा कार्यालय नजिकै, वडा कार्यालय ७ को नजिकै र मालारानी –१ को छेडाठाटीमासहित छत्रदेव गाउँपालिका वडा नम्वर ७ को मडेलचौरमा रहेको लु १ क २२३८ नम्वरको जेसिविमा राखिएका शंखास्पद बस्तु अर्थात बमहरु गरी तीन ठाउँमा बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिए ।

    संकास्पद बस्तुलाई डिस्पोजल गर्न नेपाली सेनाको टोली बम भएको स्थानमा गएर डिस्पोजल गर्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ । बन्दका कारण जिल्लाभरको जनजीवन प्रभावित रहेको छ । विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । शिक्षण सस्था विद्यालय सबै ठप्प छन् ।

    चितवनको राप्ती नगरपालिकाको खैरेनीमा पनि शंकास्पद बस्तु फेला परेको खबर छ । घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली जाँदै छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…