• रातोकलम अनलाइन।

    अन्तरास्ट्रिय तामाङ परिषद पुर्ब एसिया को क्षेत्रीय सम्मेलन थाईल्याण्डको राजाधानी बैंककमा सम्पन्न भएको छ । पुर्बी एसियाका ७ राष्ट्रका तामाङ सङ्गठनका प्रतिनिधिहरुको सहभागितामा भएको सम्मेलन दुइ दिन सम्म चलेको थियो ।

    सम्मेलनमा पुर्बी एसियाको छेत्रीय समन्वय समितिको गठन, छेत्रीय कार्य योजना र केन्द्रिय कार्य योजना माथी छलफल भएको अन्तरास्ट्रिय तामाङ परिषदका सचिब रबिन लामा थिङ्ले बताउनु भयो ।

    सम्मेलनमा नेपालबाट पुर्ब मन्त्री तथा प्रतिनिधि सभाका साम्सद हित बहादुर तामाङ प्रमुख अतिथि, कोरियाका लागि नेपालका पुर्ब राजदुत कमान सिङ तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिसदका अध्यक्ष के एम तितुङ, नेपाल तामाङ घेदुङ्का अध्यक्ष मोहन गोले, सल्लाहकार सुजेन्द्र गोले, जापान तामाङ समाजका प्रमुख सल्लाहकार हवल चन्द्र तामाङ, तामाङ समाज युएई का उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, नेपाल तामाङ घेदुङ्का केन्द्रिय सचिब राम कृष्ण ब्लोन, गान्बा, ताम्बा र नेपाल बाट कलाकारहरु प्रेम लोप्चन, कृष्ण वाइबा र सोनम बज्युको पनि उपस्थिति रहेको थियो ।

    सम्मेलन पुर्बी एसियाको ७ सदस्य संगठन रास्ट्र हरुले आआफ्नो गतिविधि र योजना सहितको प्रतिबेदन प्रस्तुत गरेका थिए । सम्मेलन बाट परिसदका उपाध्यक्ष अस्मिता वाइबा लाई पुर्बी एसियाका समयोजक र हङ्कङ तामाङ घेदुङ्का अध्यक्ष बिस्वो घिसिङ्लाई सचिबमा चयन गरियको छ ।

    सम्मेलनले बोयस लामा (थाइल्यान्ड ), स्नेह तामाङ (कोरिया), दिप तामाङ(म्यान्मार),
    फुर्बा तामाङ ( मलेसिया ), हेम तामाङ (मकाओ), सदस्यमा चयन गरिएको छ । परिषदको अर्को छेत्रीय सम्मेलन गल्फ (खाडी) छेत्रकोलागि दुबई अथवा कतारमा गर्न सम्मेलनका अतिथी तथा तामाङ समाज युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ्ले शुभकामना मन्तब्यको क्रममा परिसदको केन्द्रीय समिति लाई माग गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…