• दीप खादी लिम्बु
    २५-जुन,क्वालालम्पुर !

    मलेसियाको डब्लु आर पि एसिया प्यासिफिक ग्लोभ कम्पनी मा दुई महिनादेखि काम गरेको तलव नपाएपछि आजदेखि नेपाली सहित विभिन्न देशका श्रमिकहरुले पुन काम छोडेर हडताल मा उत्रिएका छन।
    दुई महिना देखिको पारिश्रामिक रोकिएको, अघिल्लो महिना पाच सय मलेसियन रिङ्गिट दिएको थियो भने यो महिना खानको लागि मात्रै भनेर मलेसियन रिङ्गिट एक सय मात्र दिएपछि सबै मजदुरहरु काम छोडेर आज पुनः हडतालमा उत्रिएका हुन्!

    स्मरण होस् ६ महिना अघि मात्रै पनि तीन महिनासम्म को तलब रोकिएपछि कामदार हरु कम्पनी विरुद्ध हडतालमा उत्रिसका थिए !
    हडताल पछि नेपाली राजदुताबास,बाङ्लादेशि दूतावास र कम्पनीको सामुहिक बैठक बसेको थियो । बैठकपछि रोकिएको तलब दिने र उप्रान्त समयमै तलब दिने सहमति कम्पनीले गरेपनी उक्त सहमति तोडेर पुन कम्पनीले हड्ताल गर्न बाध्य बनायो सोहि कम्पनी मा कार्यरत सल्यान को महेन्द्र मगरले भने!

    यस अघि पनि बेलाति पत्रीका द गार्जेनियाले मजदुरहरुको अवस्था लाइ प्रकाशन गरेपछी मलेसिया सरकारको समेत ध्यानाकर्षण भएको थियो !सरकारको तर्फ बाट अनुसन्धान गर्दा कम्पनीले तिन महिना देखि तलब रोकेको,अतिरिक्त समय काम गरेको रकम पनि नदिएको र बिभिन्न शिर्षकमा तलब कटौती गर्दै आइरहेको तथ्य खुलेको थियो।

    यस घटनाले लामो समय सम्म रहेको मलेसिया र नेपाल बिचको श्रम समजदारी झनै टड्कारो पाराले उभिएको छ।भने अझै अन्यौल ग्रस्त रहेको देखिन्छ !सो कम्पनीले रबरको पन्जा उत्पादन गर्ने काम गर्दछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…