• २०७६ आषाढ ११ बुधवार
    पुराना गायक शम्भु राईले अहिलेका जलबल्दा गायक प्रकाश सपुतले ल्याएको ‘गलबन्दी’ गीतको लय आफ्नो श्रृजनासँग मेल खाएको दावी गरेपछि यसबारे चर्चा परिचर्चाले बहस छेडिएको छ ।

    अहिले बजारमा सुपरहिट रहेको ‘गलबन्दी’ गीतको सर्जकमा ‘शम्भु राई’ को नाम लेखेर प्रकाश सपुतलाई ‘पुर्नसर्जक’ का रूपमा उल्लेख गर्नुपर्ने राईको शर्त रहेपछि बहस चुलिएको हो ।

    राईले आफ्नो श्रृजना कपी भएको भन्दै विभिन्न समाचार माध्यममा अन्तरवार्ता दिइरहेका छन् । उनले भनेका छन् ‘प्रकाश सपुतले गित बङ्गाएर मेरो छातीमा छुरा हाने ।’ यसको मतलब ‘गलबन्दी’ गीतमाथिको उनको दाबीलाई सजिलै छाड्ने पक्षमा राई नरहेको बुझ्न सकिन्छ ।
    यस विषयमा राष्ट्रिय लोक गीत संगीत प्रतिष्ठानमा समेत छलफल भईरहेको छ । विवाद शुल्झाउन प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी लोकगीतका अरु विशिष्ठ हस्तिसँग छलफलमा जुटेका छन् । आक्रामक रुपमा प्रस्तुत भएका शम्भू राई अदालत जालान् कि, प्रतिष्ठानमै कुरा मिल्ला ? धेरैको चासो छ ।

    के भन्छ प्रतिलिपि अधिकार ऐनले ?
    यसरी यो बहस तातिरहँदा शम्भु राईले आफ्नो दाबी प्रमाणित गराउन के गर्लान् ?’ भन्ने विषय चासोको साथ हेरिएको छ । लोक गीत प्रतिष्ठानको प्रयासमा अहिले विवादमा छलफल भईरहेपनि प्रकाशले शम्भुका शर्त नमान्ने देखिएको छ ।

    शम्भु राईले ‘गलबन्दी’ गीतमा संगीत आफ्नो राखिदिन गरेको आग्रह उनले अस्विकार गर्दै आएका छन् । यसैले प्रतिष्ठानको प्रयासबाट यो मुद्दा नमिले प्रतिलिपि रजिस्ट्रार कहाँ मुद्धा जानसक्ने देखिन्छ ।

    प्रतिलिपि अधिकार कानुनले लोकगीत पुनः प्रयोगलाई गैरकानुनी मानेको छैन । र, त्यस किसिमका गीतलाई कसैको मौलिक सृजना या बौद्धिक सम्पत्ति अन्तर्गत पनि समावेश गरेको छैन । अझ प्रकाशले शम्भूका गीत कपी गरेको नभई केही अंश मात्र मिल्न गएको देखिन्छ । यसैले प्रतिलिपि रजिस्ट्रारमा शम्भू राई गएमा उनले मुद्दा हार्ने संभावना रहेको कानुनविद्हरु बताउँछन् ।

    हार्ने मुद्दा प्रतिलिपि रजिस्ट्रारमा हाल्लान् शम्भूले ?
    धेरै कानुनविद्हरुले शम्भु राईको दावी कमजोर भन्दै टिप्पणी गरेका छन् । उनीहरुले यस बिषयमा शम्भू राईले दावी गरे अनुसार कानुन नभएकोले हार्ने बताएका छन् । सँगै शम्भु राईले दाबी गरेझैँ साँच्चिकै त्यो उनको मौलिक श्रृजना हो भने यो कुरा विचमै छाड्न नमिल्ने विज्ञहरुको तर्क पनि छ ।

    यस विवादलाई नजिकबाट हेरिरहेका संगीकर्मीहरु भन्छन्, ‘यो नैतिकता सँग पनि जोडिएको विषय हो, शम्भू राईले आफ्नो दाबीलाई प्रमाणित गराउनु पर्छ । नत्र यो विषय विचमै छाडेर अरुको श्रृजनालाई विवादमा पार्न पाईदैन ।’ प्रमाणित गराउन नसक्ने कुरा बोलेर अरूको मान प्रतिष्ठामा आँच पु¥याएको ठहर्ने भन्दै त्यसो गर्नेलाई कानुनले सजायँ दिने समेत केहीको तर्क छ । शम्भू राईको तर्क प्रमाणित भएन भने उनले प्रकाश सपुतको मान हानी गरेको ठहर्ने विज्ञहरुको दावी छ ।
    सामाजीक सञ्जाल प्रकाश सपुतको पक्षमा
    शम्भू राईको दावीपछि सामाजीक सञ्जालमा यसै बिषयले बहसले तातिएको छ । दुबै पक्षमा धेरैले आ–आफ्नो मत जाहेर गरेका छन् । तर, प्रकाश सपुतको तुलनामा शंम्भू राईका समर्थक निक्कै कम देख्न सकिन्छ । छोटो सामयमा ‘गलबन्दी’ गीतले पाएको चर्चा, सो गीतले गरेको कमाईको लोभले मात्र गायक शम्भू राईले आफ्नो भाका भएको दावी गरेको प्रकाश सपुतको पक्षमा हुनेहरुले आरोप लगाएका छन् ।

    ‘यदी यो गीत यसरी सुपरहिट नभएको भए शम्भु राईले यो मुद्दा उठाउँथे ?’ भन्दै शम्भू राई लक्षित प्रश्नपनि सामाजीक सञ्जालका भित्ताहरुमा छ्यापछ्याप्ति देख्न सकिन्छ ।

    कतिपयले भने शम्भू राईको क्रियशनसँग गीत मेल खाएको भन्ने दावी गरेका छन् । ‘प्रकाश सपुतले एक पैसा पनि तिर्नु या दिनु हुँदैन । शम्भु राईको कम्पोज हो भनेर नाम मात्र राखिदिए पुग्छ,’ भन्दै सामाजीक सञ्जालमा शम्भू राईको पक्षमा वकालत गर्नेहरुपनि छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…