• उर्लाबारी , २२ असार । फेसबुकमा साथी बनाएर मोरङको उर्लाबारी नगरपालिका–१ मा एक दलित युवतीमाथि बलात्कार गरिएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय संगम राईले फेसबुकमा चिनजान भएकै आधारमा पिछा गर्दै गएर २१ वर्षीय दलित युवतीमाथि बलात्कार गरेका हुन् ।
    खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा राईले गत शुक्रबारराति ९ बजे एक्लै भएको मौका छोप्दै एकान्त ठाउँको झाडीमा लगेर बलात्कार गरेको श्रेष्ठले बताउनु भयो । प्रहरीका अनुसार बलात्कार गरेर युवतीलाई घाइते बनाएपछि राई घटनास्थलबाट फरार बनेका थिए ।

    घाइते अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । टाउको र शरीरका विभिन्न भागमा चोट रहेकी युवतीको उपचार भइरहेको छ ।

    एक युवाले युवतीमाथि बल प्रयोग गरेर जवरजस्ती गरिरहेको र युवतीले प्रतिवाद गरिरहेको स्थानीय देखेर प्रहरीलाई खवर गरेका थिए । घटनास्थलबाट फरार रहेका राईलाई पक्राउ गरेर आज जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…