• काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

    नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले आइतबार एक विज्ञप्ति जारी गर्दै भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने फलफलु तथा तरकारीको विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

    आन्दोलनका कार्यक्रम अन्तर्गत नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गर्नेछ भने मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने कार्यक्रम तय गरेको छ ।

    त्यस्तै असार २५ गते विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गर्ने, २६ गते मसाल जुलुस र असार २७ गते माइतीघरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    नेविसंघले आइतबार पनि विषाक्त तरकारीसहित काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…