• काठमाडौं, २३ असार । नेपाल बंगलादेश बैंकको मोरंग शाखामा कार्यरत एक शाखा प्रमुुखले कर्जा दिने बहानामा महिलाको यौन शोषण गरेको तथ्य सार्वजनिक भएको छ ।

    मोरंगको धनपाल गाउँपालिका रहेको नेपाल बंगलादेश बैंकको शाखा प्रमुुख अमित बास्तौलाले सोही शाखामा कर्जा माग गर्न आउने एउटी महिलालाई कर्जाको लागि यौन शोषणको प्रस्ताव राखेको र उक्त प्रस्ताव स्वीवार गरेको खण्डमा मात्र कर्जा दिने सर्त तेस्र्यापछि उनीहरुबिच यौन सम्वन्ध भएको थियो ।

    तर, सो पश्चात पनि ति शाखा प्रमुुखहरुले कर्जा नदिएको र कर्जा दिने कुरा टार्दे गएपछि पीडित महिलाले बास्तौला बिरुद्ध प्रहरीमा उजुुरी दिएकी थिईन । सोही उजुरीका आधारमा प्रहरीले बास्तौलालाई यही असार १६ गते पक्राउ गरेपछि यो घटना बाहिर आएको हो ।

    प्रहरी श्रोतका अनुसार बास्तौला र ती महिलाबिच गत चैत २२ गते मोरंग कै एउटा होटलमा यौन सम्वन्ध भएको थियो ।

    तर, उक्त घटना पछि झापा कै बुधवारे निवासी एनबी बैंकका शाखा प्रमुुख बास्तौलाले ती महिलालाई कर्जा नदिएपछि ती महिला शाखा प्रमुुख बास्तौलाद्धारा आफुु पीडित भएको भन्दै प्रहरीमा उजुुरी हालेपछि ती शाखा प्रमुुख पक्राउ परेका हुुन । मोरंग प्रहरीका अनुसार पक्राउ परेका बास्तौला बिरुद्ध थप अनुुसन्धान भईरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…