• काठमाडौं – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा श्रीमद्भागवत् महायज्ञ सप्ताह लगाइएको छ ।

    काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा सभापति देउवा र उनकी पत्नी आरजु राणाले महायज्ञ लगाएका हुन् । महायज्ञमा नेपाली कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ । महायज्ञका लागि पूजा गर्ने ठाउँलाई भव्य रुपमा सजाइएको थियो ।

    नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नराम्रोसँग पराजय भोगेर आलोचना भइरहेका बेला सभापति देउवाले आफ्नै निवासमा महायज्ञ सप्ताह लगाएका छन् ।

    वास्तुशास्त्रमा विशेष रुचि राख्दै आएका सभापति देउवाले आफ्नै घरमा महायज्ञ सप्ताह लगाएर सबैलाई चकित तुल्याइदिएका छन् । महायज्ञ सप्ताह लगाएर सभापति देउवाले आफ्नो ग्रहदशा कटाउने प्रयास गरेको दाबी गरिएको छ ।

    निर्वाचनका बेला देउवाले आफू सात पटक प्रधानमन्त्री बन्ने बताएका थिए । सायद सोही भनाइ पूरा गराउनका लागि देउवाले श्रीमद्भागवत महायज्ञ सप्ताह लगाएको चर्चा बुढानिलकण्ठमा हुने गरेको छ ।

    नेपाली कांग्रेस पार्टीभित्र नेताहरूले हिन्दूधर्मको पक्षमा वकालत गर्दै आइरहेको बेला सभापति देउवाले आफ्नै घरमा श्रीमद्भागवत महायज्ञ लगाएर आफू हिन्दूधर्मप्रति लचिलो रहेको संकेत गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…