• पथरी / मोरङको पथरीशनिश्चरे-१० मा बस र पिकअप आपसमा ठोक्किदा २ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा बसका सहचालक कानेपाेखरी ३ का ३१ बर्षीय टिकाराम थापा र अर्का एक जनाकाे पहिचान नखुलेकाे इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । अनुहारमा गम्भीर चाेट लागेका कारण एक जनाकाे पहिचान भएकाे छैन् । एकजनाको घटनास्थलमै र अर्काको नोवेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

    विहीवार विहान ९:१० बजेको समयमा कानेपोखरीको विहीवारेबाट यात्रु लिएर पूर्वतर्फ जाँदै गरेको को.१ ख ४८४२ नम्वरको बस र पथरी बजारको सब्जीबजारबाट पूर्वपश्चिम सडकतर्फ निस्किएको मे.१ च ५३९१ नम्वरको पिकअप आपसमा ठक्कर खाँदा कारुणिक अवस्था सिर्जना भएको थियो । रफ्तारमा रहेका बस र पिकअप ठोक्किदा बस सडकमा पल्टिएको थियो । बस र पिकअपको अगाडीको भाग पूर्णरुपमा कुच्चिएको छ । वसका सवै सिसाहरु फुटेको र अगाडीको चक्कासमेत निस्किएको छ ।

    घाइतेहरुलाई तत्काल पथरी हस्पिटल र मोरङ हस्पिटल पुर्याइएको थियो । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिहरुले समेत तत्काल घाइतेहरुको उद्धार गर्दै उपचारमा पहल गरेका थिए ।

    कानेपोखरी ४ का टीकाराम थापा, कानेपोखरी नारायण चोककी खिलमाया लिम्बू, कानेपोखरी ३ का मित्र दहालका छोरा नाम नखुलेका व्यक्ति सहित १० जनालाई नोवेल र न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । २ जना सख्त घाइते रहेको उल्लेख छ ।

    कानेपोखरी ३ की तारा लिम्बू र अविगेस राई, कानेपोखरी ५ की कविसा दहाल, कानेपोखरी ४ का सरण राई र नगेन्द्र कार्की, पथरीशनिश्चरे ५ की सीता खतिवडाको पथरीस्थित मोरङ हस्पिटलमा उपचार भइरहेको छ ।

    झापा हल्दिवारीका टेकबहादुर भुसाल, विर्तामोडका अविशेक कार्की, श्याम कार्की, विर्तामोड ४ का जीवन बराइली, उर्लावारी ५ की इन्द्रमाया गुरुंग, डीवी माझी, ठेगाना नखुलेका होमबहादुर कटुवाल, प्रविना भट्टराई, सुकदेव धिमाल, प्रेमबहादुर कार्की, निर्मला गिरी सहित घाइते रहेको पथरी अस्पतालबाट जानकारी प्राप्त भएको छ ।

     

    तस्बिर गोपाल काफ्ले

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…