•  

    काठमाडौं – नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधि सभा निर्वाचनमा पराजित भए । पराजित हुँदा पनि आफूलाई हराउने तत्कालीन एमालेबाट विजयी यज्ञराज सुनुवारलाई फूलको माला लगाएर शुभकामना र बाधाई दिए ।

    खतिवडाले त्यस बेला भनेका थिए, ‘माननीय यज्ञराज सुनुवारजी जनताले तपाईलाई जिताएका छन्, विश्वास गरेका छन्, दुःख र सुःखमा तपाईले साथ दिनु होला । जनताका कुरा सुन्नु होला ।’

    खतिवडाले चेतावनीयुक्त शैलीमा त्यस बेला भनेको अभिव्यक्तिलाई नेकपाका सांसद सुनुवारले सुनकोशी नदीमा बगाइदिए । सुनुवारले अहिले बेलायती सेनाका समस्या बोकेर हिँडेका छन् । एनजिओ र आइएनजिओका कार्यक्रममा सहभागी हुन सुनुवारलाई भ्याइ नभ्याइ छ ।

    तर, पराजित भएर पनि नेपाली कांग्रेसका युवा नेता खतिवडाले हरेक पल, हरक्षण ओखलढुंगेली जनताको माझमा आफूलाई उभ्याइरहेका छन् । जिल्लाबासी कसैको पनि फोन आउँदा होस् या भेटेर आफ्ना समस्याभन्दा होस् खतिवडाले आफ्नो तर्फबाट सक्ने पहल शुरु गरिहाल्छन् ।

    दुईतिहाइको कम्युनिस्ट सरकारले ल्याएको नयाँ बजेटमा पनि खतिवडाले आफ्नै व्यक्तिगत पहल र भनसुनका आधारमा थुप्रै विसकाका कार्यक्रमहरू पारेका छन् ।

    खतिवडालाई ओखलढुंगामा बिजुली, पिउनेपानी, सडक, शिक्षा, स्वास्थ्य, रोजगारीको चिन्ताले सताइरहन्छ । भन्छन्, ‘नेपाली कांग्रेसको दुईतिहाइको सरकार भएका भए मैले ओखलढुंगामा विकासका सयौँ कार्यक्रम ल्याउने थिएँ । तैपनि केही छैन सक्दो कार्यक्रमहरू ल्याउने प्रयास गरेको छु ।’

    एक हप्ता यता देशभरि परेको अविरल वर्षाका कारण ओखलढुंगा पनि प्रभावित बन्न पुग्यो । जिल्लाभित्रका सडक र अन्य जिल्लासँग जोडिने सडकहरू भत्किएर अबरुद्ध बने । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडा सडक खुलाउन आग्रह गर्दै निवेदन लिएर भौतिक मन्त्रालय पुगिहाले । सचिवलाई भनेर बाटो खोल्न काम शुरु गराए ।

    खतिवडाले सचिवलाई भनेर बाटो खुलाउन पहल गरेपछि लाजकाज नेकपाका सांसद सुनुवारले दुई दिनपछि मन्त्री रघुवीर महासेठलाई भेटेर औपचारिकता निभाएका थिए ।

    त्यति मात्रै होइन खतिवडाले बाढी र पहिलोमा परेर ज्यान गुमाएका पाँच जनाको परिवारलाई आफ्नो तर्फबाट जनही दश–दश हजारका दरले नगद सहायता उपलब्ध गराएका छन् । ओखलढुंगा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यमार्फत खतिवडाले मृत्यु भएका आफन्तको परिवारलाई नगद राहत वितरण गरेका हुन् ।

    चिसंखु गाउँपालिका वडा नम्बर ४ की ८५ वर्षीया पासाङ पुटी शेर्पालाई स्थानीय लसुने खोलाले बगाएर मृत्यु भएको थियो । सिद्धिचरण नगरपालिका वडा नम्बर ६मा घर भत्किँदा ४० वर्षीया कान्छीमाया श्रेष्ठ मृत्यु भएको थियोे ।

    मोलुङ गाउँपालिका वडा नम्बर ७ मा घर भत्किँदा ४० वर्षीया खपुटी शेर्पा र उनकी १२ वर्षीया छोरी याङजी शेर्पाको मृत्यु भएको थियो ।
    सुनकोशी गाउँपालिकाको वडा नम्बर ४ का ५५ वर्षीय कुमार राईलाई मोलुङ खोलाले बगाउँदा मृत्यु भएको थियो ।

    खतिवडाले ओखलढुंगाको सुनकोशी गाउँपालिका १ निवासी मिलन लुइँटेल, महेश लुइँटेल, मोलुङ गाउँपालिका रामपुरका विशाल तोलाङगीलगायतलाई जागिर समेत खुवाइदिएका छन् ।

    यति मात्रै होइन खतिवडाले आफ्ना जिल्लाबासीहरू बिरामी पर्दा हेलिकप्टर पठाएर उद्धार समेत गर्ने गरेका छन् । मंगलबार मात्रै उनले दुई जना बिरामीलाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिदिएका छन् ।

    केही महिना अगाडि जिल्लामा आगलागी हुँदा राहत बोकेर आफै पुगेका खतिवडाले एकजना अपाङलाई ह्वील चेयर समेत लगेर सहयोग गरेका छन् । खतिवडाले राजनीतिक पूर्वाग्रही भएर कुनैपनि काम गर्दैनन् ।

    ओखलढुंगाको भनेपछि सबैलाई सहयोग गर्ने उनको बानी रहेको खतिवडाका सहयोगी हुकम राईले बताए । ‘रामहरि दाईले कुनै पनि राजनीतिक पूर्वाग्रह राख्नु हुँदैन’, उनले भने, ‘सबैलाई बराबरीमा राखेर सहयोग गर्नु हुन्छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…