• काठमाडौं, २३ साउन । उमेर हदसम्बन्धी राष्ट्र बैंकको पछिल्लो व्यवस्था कार्यान्वयनमा आएपश्चात् बैंकिङ क्षेत्रमा हलचल मच्चिएको छ ।

    विकास बैंक र फाइनान्स कम्पनीहरुमा कम उमेर समुहका प्रमुुख कार्यकारी अधिकृत रहेको भए पनि वाणिज्य बैंकहरुमा भने बढी उमेर भएका प्रमुुख कार्यकारी अधिकृतहरु कार्यरत रहेपछि राष्ट्र बैंकको उमेर हदसम्बन्धी व्यवस्थाको सबैभन्दा बढी असार वाणिज्य बैंकहरुमा परेको छ ।

    उमेर हदसम्बन्धी नयाँ व्यवस्थाअनुसार ६५ वर्ष उमेर नाघेका व्यक्तिहरु वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा कुनैमा पनि सीईओ नियुक्त हुन पाउनेछैनन् भने पदमा बहाल रहेका ६९ वर्ष नाघेका प्रमुख कार्यहरु अधिकृतहरु पनि पदमा बहाल रहन नपाउने अवस्था रहेको छ । सोही आधारमा पनि उमेर हदको सबैभन्दा बढी असर वाणिज्य बैंकहरुमा परेको हो ।

    राष्ट्र बैंकको उमेर हदसम्मसम्बन्धी नयाँ व्यवस्थाको सिधा असर प्राइम कमर्सियल बैंकमा परेको छ । प्राइमले परिपत्र आउनुुभन्दा केही दिनअघि मात्र बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा नारायणदास मानन्धरलाई आगामी चार वर्षको लागि नियुुुक्त गरेको थियो ।

    तर राष्ट्र बैंकको नयाँ व्यवस्था मानन्धरको पदावधि समाप्त भएको छ । नेपाली बैंकिङ क्षेत्रमा मानन्धर सम्भवतः सबैभन्दा बढी उमेर भएका प्रखुुख कार्यकारी हुुन् ।

    बैंकनिकट स्रोतका अनुसार मानन्धरको उमेर ७० वर्षभन्दा बढी रहेको छ । राष्ट्र बैंकले प्रमुुख कार्यकारी अधिकृतको पदमा अधिकृत ६९ वर्षसम्म मात्र जागिर खान पाउने व्यवस्था कार्यान्वयनमा ल्याएपछि मानन्धरको नियुुक्ति बदर भएको हो ।

    राष्ट्र बैंकको सोही व्यवस्थाअनुसार एभरेष्ट बैंक सञ्चालक समितिका अध्यक्ष बिके श्रेष्ठको पद पनि धरापमा परेको छ । नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा बढी उमेरका सञ्चालक रहेका श्रेष्ठको पदको राष्ट्र बैंकको पछिल्लो परिपत्रसँगै सकिएको हो ।

    भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारीमा झण्डै २५ वर्षअघि एभरेष्ट बैंक स्थापना भएको थियो । त्यतिबेला एभरेष्ट बैंकको संस्थापक अध्यक्ष रहेका श्रेष्ठ अहिले पनि एभरेष्ट बैंकमा नै अध्यक्ष रहेका छन् । उनै अध्यक्ष श्रेष्ठको उमेर अहिले ९१ वर्षको हाराहारीमा पुुगिसकेको छ ।

    राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार ७० वर्ष उमेर नाघेका व्यक्ति सञ्चालकमा नियुक्त, पुनर्नियुक्ति वा मनोनीत हुन पाउनेछैनन् भने ७४ वर्ष उमेर नाघेका व्यक्तिहरु बैंक तथा वित्तीय संस्थाको सञ्चालक पदमा बहाल रहन पाउनेछैनन् । सोही आधारमा पनि ९१ वर्षका एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको पद धरापमा परेको हो ।

    यी बाहेक नेपाली बैंकिङ क्षेत्रभन्दा पाको उमेरका प्रमुुख कार्यकारी अधिकृतको रुपमा रहेका राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, जनता बैंकका प्रमुुख कार्यकारी अधिकृत पर्शुुराम कुुँवर क्षेत्री, नबिल बैंकका अध्यक्ष शम्भुु प्रसाद पौडेल, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुुगड आदि कार्यरत रहेका छन् । राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले यी सञ्चालक तथा प्रमुुख कार्यकारी अधिकृतहरु पनि प्रभावित हुुनेछन् ।

    बैंकरहरुद्वारा स्प्रेडदरसम्बन्धी व्यवस्था पुुनर्विचार गर्न आग्रह :- वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर एसोसिएसनले निक्षेप तथा कर्जाबीचको ब्याजदर (स्प्रेड दर)सम्बन्धी व्यवस्था पुनर्विचार गर्न आग्रह गरेको छ ।

    बुुधबार बसेको एसोसिएसनको बैठकले राष्ट्र बैंकसमक्ष स्प्रेडदरसम्बन्धी पछिल्लो व्यवस्था पुनर्विचार गर्न आग्रह गरेको छ ।

    स्प्रेडदरसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयनमा आए बैंकहरुको अर्बौँ रुपैयाँ नाफा गुम्ने भन्दै बैंकरहरुले उक्त आग्रह गरेका हुुन् ।

    यसअघि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु समेतको नाउँमा परिपत्र जारी गरी वाणिज्य बैकहरुले २०७७ असार मसान्तसम्म चार दशमलव चार प्रतिशतको स्प्रेडदर कार्यान्वयनमा ल्याइसक्नुपर्ने अवधि तोकेको छ ।

    विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि सोही अवधिसम्ममा स्प्रेडदरलाई पाँच प्रतिशतको वाञ्छित सीमाभित्र ल्याइसक्नुुपर्नेछ ।

    यसअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरुको हकमा २०७६ असार मसान्तसम्म चार दशमलव पाँच प्रतिशतको स्प्रेडदर कायम गर्न निर्देशन दिएको थियो भने विकास बैंक र फाइनान्स कम्पनीले पनि उक्त अवधिमा पाँच प्रतिशतको अवधिमा स्प्रेडदर कायम गरिसक्नुुपर्ने अवधि तोकेको थियो । (आर्थिक दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…