धादिङ, साउन २४ गते । सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको बसलाई त्रिशूलीबाट निकालिएको छ ।
बसभित्र कोही पनि यात्रु नभेटिएको उद्दारमा खटिनुभएका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ । । दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । १६ जनाको उद्धार गरिएको छ । २४ जना अझै बेपत्ता छन् ।
इलाका प्रहरी कार्यालय गजुरी धादिङले दिएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना ६ ख७४६९ नम्बरको बस विहान ३.३० वजेतिर पृथ्वीराजमार्गको सलाङबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा अजय दास र विजय कुर्मी रहेका छन् भने बाँकीको परिचय खुलेको छैन । थप दुई जनामा एक महिलाको शव मुग्लिनमा र अर्को जुगेडीमा भेटिएको छ । वर्षातको समय भएकाले नदीमा पानीको मात्रा बढी र धमिलो पानी भएकाले बेपत्ताको खोजी कार्यमा निकै कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बसमा जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल चालक, प्रमोद चौधरीसहचालक र ऋषी उप्रेती कन्टेक्टर सवार थिए । प्रहरीकाअनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन् । त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् । घाइते मध्ये सात जनाको गजुरी अस्पतालमा सामान्य उपचार पछि घर पठाइएको छ भने अन्यलाई काठमाडौँ रिफर गरिएको छ ।
दुर्घटना भएको बसमा सर्लाही मलङवाबाट ४०जना, हरिपुरबाट २ जना गरी ४२ जनाको चलानी काटी प्यासेन्जर बोकेर हिडेको जिल्ला प्रहरी कार्यालय धादिङले प्रेसित गरेको विज्ञप्तीमा उल्लेख छ । प्रहरीका अनुसार बस चालक, सहचालक र कन्डक्टर गरी जम्मा ४५ जना सवार रहेको बुझिएको छ ।
उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस कर्मी, स्वयंसेवी समूहको टोली दुर्घटना स्थलमा खटेको छ । चालक निदाएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
बसमा सवार यात्रुहरु
बिष्णु गाउँपालिकाका खुश रंजन ९९८६००८००६१०,
शिवनगरका मोहम्मद मतलुङ ९९८२३२८५७५३०,
अगर्वाका नविन कुमार महतो ९९८१७६०५९९३०,
लक्ष्मीपुरका मनिष रायसहित २ जना ९९८०७६३३२४१०,
बेलहीका राकेश राउत ९९८०७६४०३३५०,
भारतका मज्जफरपुरका आशिष कुमार सहित २ जना ९९८०८२०४२८००,
गम्हरियाका दिनेश ठाकुर ९९८१८६५८७५००,
भारत पर्सा मोडका धीरेन्द्र शर्मा ९९८६९६९२७५७०,
औरहीका रबि कुमारसहित ३ जना ९९८६४५८७६१८०,
भारतका अररियाका दिलिप दास सहित ३ जना ९९८१८३०८२५००,
मलंगवाका भुपेन्द्र कुमार ९९८५४०३५५०५०,
त्रिभुवनगरका राजनारायण गुप्ता सहित ४ जना ९९८४४०३३२९२०,
मलंगवाका संजिव चौधरी ९९८१७६३२५१४०,
मलंगवाका अरिबन्द सिंह (वकिल) ९९८५१०४४८२१०,
मलंगवाका अनिष राय ९९८१४८३७०६६०,
भारतका लरकवा रामबाबु यादव सहित ३ जना ९९८४१६०१०५१०,
भारतका कुवारीका अजय ठाकुर सहित २ जना ९९८४९८०६७८५०,
मलंगवाका रोहित मण्डल ९९८१६२८४५९८०,
मलंगवाका शमिम ९९८१२१५७७७८०,
मलंगवाका सुशिल श्रीवास्तव र अनिल ९९८१५७२७७९९०,
गणेशियाका भाग्य नारायण महतो सहित ३ जना ९९८००८९७९८००
हरिपुरका योगेन्द्र चौधरी ९९८४५७०९२१९० र अमित लामा ९९८६२५७८६५१०