• सर्लाही , साउन २४ गते धादिङ बस दुर्घटनापछि सर्लाहीको विभिन्न बस्ती शोकमा डुबेको छ ।
    सदरमुकाम मलङ्गवाबाट काठमाण्डौं गइरहेको ना ६ ख ७४६९ नम्वरको सृष्टि डिलक्स रात्री बस सुक्रवार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिसुली नदीमा खसेको थियो । दुर्घटनामा परेका सबै सर्लाहीवासी हुन् । त्यसमध्ये पनि ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरका एकै घरका चार जना दुर्घटनामा परेका छन् । त्यसमध्ये एक जना घाईते छन् भने तीन जना बेपत्ता छन् ।
    त्रिभुवननगरका चन्देश्वर प्रसाद रौनियारका दाई, भाउजु, छोरा र छोरी दुर्घटनामा पर्नुभएको हो । दुर्घटनाको खबर सुनेपछि चन्देश्वरकी श्रीमती सुक्रवार बिहानैबाट बेहोस हुनुहुन्छ । रौनियारका दाई राजनारायण, भाउजु शोभा र छोरा शौरभ नदीमा बेपत्ता हुनुहुन्छ भने छोरी श्वेताको काठमाण्डौंमा उपचार भइरहेको छ । राजनारायण ४० वर्षदेखि काठमाण्डौंमा व्यापार गरेर बस्दै आउनु भएको थियो । उहाँले भतिज शौरभ र भतिजी श्वेतालाई सँगै राखेर पढाइरहनु भएको थियो ।
    शौरभ मेडिकल तयारी गरिरहनु भएको थियो भने श्वेताले भर्खरै कक्षा १२ पास गर्नुभएको थियो । उहाँहरु मङ्गलवारमात्रै साउनी घडी पर्व मनाउन घर आउनु भएको थियो । बुधवारको पर्व मनाइ सकेर उहाँहरु बिहीवार साँझ रात्री बस चढ्नु भएको थियो । बस दुर्घटनाको घटनापछि रौनियार परिवार र छरछिमेकी बिछिप्त भएका छन् । छिन–छिनमै मुर्छा पर्ने चन्देश्वर र उहाँकी श्रीमती उषादेवीलाई छरछिमेकीले सम्झाउने प्रयास गरिरहेका छन् ।
    रौनियार परिवार मात्रै होइन् बसमा सवार ४२ यात्रुसहित बसका तीन जना कर्मचारीका परिवारमा पनि रुवाबासी चलेको छ । बस दुर्घटनामा पर्ने यात्रुहरु जिल्ला सदरमुकाम मलङ्गवासहित ब्रह्मपुरी, चक्रघट्टा, हरिपुर, कविलासी र भारतीय नागरिक समेत रहेका छन् ।
    सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले मलङ्गवास्थित सृष्टि बसको काउण्टरमा रेकर्ड भएका यात्रुहरुको विवरण धादिङ प्रहरीलाई उपलब्ध गराइएको बताउनुभयो । उहाँले केही मृतक, घाईते र बेपत्ताका परिवार सम्पर्कमा आएकाले उनीहरुलाई धादिङ प्रहरीसँग सम्पर्क गर्न आग्रह गरिएको बताउनुभयो ।

    Print

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…